दक्षिण अमेरिकाका सार्वभौम राष्ट्रहरू र आश्रित क्षेत्रहरूको सूची
From Wikipedia, the free encyclopedia
दक्षिण अमेरिकामा १२ सार्वभौम राष्ट्रहरू र ४ गैर-सार्वभौम निर्भर क्षेत्रहरू छन्। यस महाद्वीपको पश्चिममा प्रशान्त महासागर र उत्तर र पूर्वमा आन्ध्र महासागर रहेको छ। उत्तर अमेरिका र क्यारिबियन सागर उत्तर-पश्चिममा अवस्थित छ। दक्षिण अमेरिकाको क्षेत्रफल लगभग १,७८,४०,००० वर्ग किलोमिटर (६,८९०,००० वर्ग माइल) वा पृथ्वीको सतहको लगभग ३.५% रहेको छ। द वर्ल्ड फ्याक्टबुकको जनसङ्ख्याको अनुमान, सन् २०१८ सम्ममा यसको जनसङ्ख्या ४३ करोड भन्दा बढी रहेको छ। दक्षिण अमेरिका क्षेत्रफलको हिसाबले (एसिया, अफ्रिका र उत्तर अमेरिका पछि) सबै महाद्वीपहरू मध्ये चौथो स्थानमा रहेको छ र जनसङ्ख्याको आधारमा (एसिया, अफ्रिका, युरोप र उत्तरी अमेरिका पछि) पाँचौँ स्थानमा रहेको छ।[1]
उत्तर र दक्षिण अमेरिका बीचको सिमाना पानामाको संयोगभूमि पर्दछ। एटलस र अन्य स्रोतहरूमा सबैभन्दा सामान्य सीमाङ्कनले दारियन हिमाल जलाधारलाई पछ्याउँदछ जुन कोलोम्बिया-पानामाको सीमामा विभाजित हुन्छ। यहाँ संयोगभूमि दक्षिण अमेरिकी महाद्वीपसँग मिल्दछ। वस्तुतः सबै एटलसहरूले पानामालाई पूर्ण रूपमा उत्तर अमेरिका र / वा मध्य अमेरिका भित्र पर्ने राज्यको रूपमा सूचीबद्ध गर्दछ।[2]