चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष From Wikipedia, the free encyclopedia
हुआ गोफेङ ( /hwɑː/ ; जन्मिएको सु झू ; १६ फेब्रुअरी १९२१ – २० अगस्ट २००८) [1] एक चिनियाँ राजनीतिज्ञ थिए जसले चीनको कम्युनिष्ट पार्टीको अध्यक्ष र जन गणतन्त्र चीनको प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए। माओ त्से तुङका उत्तराधिकारी नियुक्त भएका हुवाले माओ र प्रधानमन्त्री चाउ एन लाइको मृत्यु पछि सरकार, पार्टी र सेनाका शीर्ष पदहरू पनि सम्हालेका थिए, तर बिस्तारै पार्टी नेताहरूको गठबन्धनद्वारा डिसेम्बर १९७८ र जुन १९८१ बीचमा सर्वोच्च शक्तिबाट हटाइयो। र त्यसपछि उनी २००२ सम्म केन्द्रीय समितिको सदस्य रहेका भए पनि राजनैतिक चर्चाबाट हराए ।
अध्यक्ष हुआ गोफेङ | |||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
华国锋 | |||||||||||||||||||||||||||||||||||||||||||||
चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष | |||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल ७ अक्टोबर १९७६ – २८ जुन १९८१ | |||||||||||||||||||||||||||||||||||||||||||||
सहायक | ये जियानयिङ | ||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | माओ त्से तुङ् | ||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | Hu Yaobang | ||||||||||||||||||||||||||||||||||||||||||||
केन्द्रीय सैन्य आयोगको अध्यक्ष | |||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल ७ अक्टोबर १९७६ – २८ जुन १९८१ | |||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | माओ त्से तुङ् | ||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | देङ शियाओ पिङ | ||||||||||||||||||||||||||||||||||||||||||||
जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री | |||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल ४ फेब्रुअरी १९७६ – १० सेप्टेम्बर १९८० | |||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | पद अन्त्य सुङ चिङ लिङ ये जियान्नयिङ (de jure head of state) | ||||||||||||||||||||||||||||||||||||||||||||
Vice Premier | देङ शियाओ पिङ | ||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | चाउ एन लाइ | ||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | चाओ झियाङ | ||||||||||||||||||||||||||||||||||||||||||||
चिनियाँ कम्युनिष्ट पार्टीको उपाध्यक्ष | |||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल ६ अप्रिल १९७६ – ६ अक्टोबर १९७६ | |||||||||||||||||||||||||||||||||||||||||||||
अध्यक्ष | माओ त्से तुङ् | ||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | चाउ एन लाइ | ||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | ये जियानयिङ | ||||||||||||||||||||||||||||||||||||||||||||
चिनियाँ कम्युनिष्ट पार्टीको उपाध्यक्ष | |||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल २८ जुन १९८१ – १२ सेप्टेम्बर १९८२ | |||||||||||||||||||||||||||||||||||||||||||||
अध्यक्ष | हु याओबाङ | ||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत विवरण | |||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | Su Zhu १६ फेब्रुअरी १९२१ Jiaocheng County, Shanxi, गणतन्त्र चीन | ||||||||||||||||||||||||||||||||||||||||||||
मृत्यु | २० अगस्ट २००८ ८७) बेइजिङ, चीन | (उमेर||||||||||||||||||||||||||||||||||||||||||||
राजनीतिक दल | चिनियाँ कम्युनिष्ट पार्टी (१९३८–२००२) | ||||||||||||||||||||||||||||||||||||||||||||
जीवन साथी | Han Zhijun ( वि १९४९) | ||||||||||||||||||||||||||||||||||||||||||||
सन्तान(हरू) | ४ | ||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||
Central institution membership
Other offices held
सर्वोच्च नेता | |||||||||||||||||||||||||||||||||||||||||||||
१९७६ सेप्टेम्बर ९ मा माओको मृत्यु भयो। माओको मृत्यु भन्दा केही अघि माओले हुआलाई "तिमीलाई कार्यभारीको रुपमा पाएर, मलाई अहिले सजिलो भएको छ " भन्ने सन्देश लेखेका थिए हुआले यसै सन्देशलाई आफूलाई माओको उत्तराधिकारी प्रमाणित गर्न प्रयोग गरे। हुआलाई राजनैतिक सीप र आकाङ्क्षा नभएको मानिस मानिन्थ्यो र "ग्याङ अफ फो " समूहले उत्तराधिकारीको दौडमा उनलाई खासै ठूलो खतराको रुपमा देखेनन्। उनी शक्तिमा रहेको अक्टोबर १९७६ देखि डिसेम्बर १९७८ को छोटो अवधिमा, उनलाई ग्याङ अफ फोरलाई हटाउनुको श्रेय दिइन्छ र उनको उदयलाई चीनको सांस्कृतिक क्रान्तिको अन्त्य मानिन्छ। ग्याङ अफ फोर को गिरफ्तारी पछि शासनको केन्द्रमा पुगेका त्रिमुर्ती (हुवा गोफेङ, मार्सल ये जियानयिङ, र प्रमुख आर्थिक योजनाकार लि सियानियन) ले देङ शियाओ पिङलाई शक्तिमा पुनर्स्थापना गरे र राजनैतिक व्यवस्थाबाट " ग्याङ अफ फोर"को प्रभाव अन्त्य गरे।[2] हुआको आर्थिक तथा राजनैतिक कार्यक्रममा सोभियत शैलीको औद्योगिक योजनाको पुनर्स्थापना र महान अग्रगामी छलाङ / ग्रेट लिप फरवार्ड भन्दा अगाडिको जस्तै पार्टी नियन्त्रण समावेश थिए। यद्यपि, देङ शियाओ पिङ पक्षधरहरूले यो मोडेल अस्वीकार गरे। देङ पक्षधरहरू बजार आधारित आर्थिक व्यवस्थाको समर्थन गर्थे।
अक्टोबर १९७९ मा, हुआ युरोप भ्रमणमा गए। चिनियाँ नेताको यो किसिमको भ्रमण जनवादी गणतन्त्र चीनको स्थापना १९४९ यताकै पहिलो पटक थियो। उनले पश्चिम जर्मनी र फ्रान्सको भ्रमण गरे। २८ अक्टोबर मा हुआले संयुक्त अधिराज्यको भ्रमण गरे र प्रधानमन्त्री मार्गरेट थ्याचरसँग भेट्घाट गरे। दुई नेताले मैत्रीपुर्ण सम्बन्ध तथा हङकङ भविष्य बारे छलफल गरे।
अध्यक्ष हुआले डर्बीको ब्रिटिस रेल रेलवे टेक्निकल सेन्टरको भ्रमण र आधुनिक यात्रुबाहक रेलको बिकासको अवलोकन गरे। [3] उनको भ्रमण र चीन सरकारले स्टिम लोकोमोटिभ ४-८-४ के एफ क्लास नं ७ योर्कको नेसनल रेलवे म्युजियमलाई दान दिनु एकै समयमा परेको थियो। [4] अध्यक्ष हुवा अक्सफोर्ड सायरमा रहेको फार्म पनि पुगे र अक्सफोर्ड विश्वविद्यालयको भ्रमण पनि गरे। [5]
हुआ इरानी क्रान्ति हुनु भन्दा अगाडि इरानी शाह मोहम्मद रेजा पहलवीको अन्तिम अतिथि मध्ये एक थिए।[7]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.