हिमाल
From Wikipedia, the free encyclopedia
"नेपालको हिमाल" यहाँ अनुप्रेषित हुन्छ। यहाँले, अन्य प्रयोगहरूको लागि, नेपालको हिमाल (disambiguation) हेर्नुहोस्।
हिमाल एकप्रकारको भूबनोट हो जुन सीमित परिधि भित्र वरपरको क्षेत्र भन्दा अग्लो हुन्छ। हिमाल प्राय गरेर डाँडा (hill) भन्दा बढि भिरालो हुन्छ। हिमाल र डाँडाको बिचमा अन्तर छुट्याउने खासै कुनै सर्वमान्य तरिका त छैन तर धैरेजसो हिमालहरू अग्ला शिखरहरूका कारण सजिलै छुट्टिने गर्दछन्। हिमालले एसिया महादेशको ५४%, उत्तर अमेरिकाको ३६%, युरोपको २५%, दक्षिण अमेरिकाको २२%, अष्ट्रेलियाको १७% र अफ्रिकाको ३% क्षेत्र ओगटेको छ। संसारमा १० मध्ये एक जना मानिस हिमाली क्षेत्रमा बसोबास गर्दछ। संसारका धेरैजसो ठुला नदीहरूको मुहान हिमाली क्षेत्रमा भेटिन्छन्। त्यस्तै संसारको आधा जसो जनसङ्ख्याको मुख्य पानीको स्रोतको लागि हिमाली क्षेत्रमा निर्भर छन्।