![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3c/The_Kumari_jatra._Three_temple_cars_outside_the_Hanuman_Dhoka%252C_or_Old_Palace%252C_Kathmandu_-_Oldfield_collection_%25281850-1863%2529_-_BL_WD_3279.jpg/640px-The_Kumari_jatra._Three_temple_cars_outside_the_Hanuman_Dhoka%252C_or_Old_Palace%252C_Kathmandu_-_Oldfield_collection_%25281850-1863%2529_-_BL_WD_3279.jpg&w=640&q=50)
हनुमान ढोका
From Wikipedia, the free encyclopedia
हनुमान ढोका वा वसन्तपुर दरवार वसन्तपुर दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक दरबार हो। यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण स्मारकहरू हुन् तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3c/The_Kumari_jatra._Three_temple_cars_outside_the_Hanuman_Dhoka%2C_or_Old_Palace%2C_Kathmandu_-_Oldfield_collection_%281850-1863%29_-_BL_WD_3279.jpg/640px-The_Kumari_jatra._Three_temple_cars_outside_the_Hanuman_Dhoka%2C_or_Old_Palace%2C_Kathmandu_-_Oldfield_collection_%281850-1863%29_-_BL_WD_3279.jpg)
हनुमानढोका क्षेत्रमा राजदरबार , मन्दिर, जलस्रोत, बगैंचा आदि पूर्ण वा खुला ठाउँले घेरिएको उत्कृष्ट आंगन भएका विविध स्मारकहरू छन्। क्षेत्रमा प्यागोडा, शिखर र डोम वास्तुकला शैलीका धेरै मन्दिरहरू छन् । यो दरबार मूर्त र अमूर्त सांस्कृतिक विविधतामा धनी छ र यसको उत्कृष्ट ऐतिहासिक, पुरातात्विक र धार्मिक मूल्य छ। तसर्थ, यो सन् १९७९ मा युनेस्को विश्व सांस्कृतिक सम्पदा स्थलको रूपमा सूचीकृत भएको थियो। अद्वितीय चाडपर्व, अनुष्ठान, मूर्तिकला, चोक, मन्दिर आदि देशको जीवित संस्कृति र राष्ट्रिय गौरवका पक्ष हुन्। सन् १६७२ मा गहिरो कलाप्रेमी प्रताप मल्लले मुख्य प्रवेशद्वार अगाडि हनुमानको प्रतिमा स्थापना गर्दा दरबारको नाम हनुमानढोका राखिएको थियो।
हनुमान ढोका दरवारमा भएका चोकहरु मोहन चोक, सुन्दर चोक(रानीका लागि), नासल चोक (सवभन्दा ठूलो), मूल चोक, त्रिशूल चोक, दशै चोक, लोह चोक, दाख चोक, मसान चोक, न्हुल्क्षे चोक र वायु चोक ।