सुनामी
From Wikipedia, the free encyclopedia
समुद्री तूफानलाई जापानीमा सूनामी (जापानी: 津波, /suːˈnɑːmi/ अथवा /tsuːˈnɑːmi/) भनिन्छ, अर्थात बन्दरगाहको नजिकको लहर। बस्तबमा यो धेरै लामो - अर्थात सैकडौ किलोमीटर चौडाई भएको लहर हुदछ, अर्थात लहरहरूको तल्लो हिस्साहरूको बीचको दुरी सैकडौ किलोमीटरको हुदछ। तर जब यो किनाराको नजिक आउदछ, तब लहरहरूको तल्लो हिस्सा जमीनलाई छुन थाल्दछ,- यसको गति कम हुन जान्छ, र ऊँचाई बढदछ। यस्तो स्थितिमा जब यो किनारामा ठोकिन थाल्दछ तब तबाही हुदछ। गति ४०० किलोमीटर प्रति घण्टा सम्म, र ऊँचाई १० देखि १७ मीटर सम्म। अर्थात नुनिलो पानीको चल्ने पर्खाल। धेरै जसो समुद्री भूकम्पको कारणले यो तुफान उत्पन्न हुदछ। प्रशान्त महासागरमा धेरै सामान्य हुन्छ, तर बङ्गालको खाडी, हिन्द महासागर वा अरब सागरमा हुदैन। यसै कारण शायद भारतीय भाषाहरूमा यसको लागि विशिष्ट नाम छैन।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |