संयुक्त राष्ट्र
अन्तरसरकारी कार्यलय / From Wikipedia, the free encyclopedia
संयुक्त राष्ट्र सङ्घ एक अन्तराष्ट्रिय संस्था हो। यसको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो। यसमा हाल १९३ राष्ट्रहरू सदस्य छन्, जसमा संसारका सबैजसो देशहरू पर्छ। सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग मिलोस भन्ने उद्देश्य साथ संयुक्त राष्ट्र सङ्घको स्थापना भएको हो। मुलत: अन्तर्राष्ट्रिय सङ्घर्षमा हस्तक्षेप गर्ने सहज होस भनि दोस्रो विश्वयु्द्धको विजयी राष्ट्रहरू मिलेर यसको स्थापना भएको हो। तिनको सोचाईमा दोस्रो विश्वयु्द्धमा भोगिएको विध्वसं संसारले फेरी भोग्नु नपरोस भन्ने थियो।
छरितो तथ्यहरू Arabic:, Chinese: ...
संयुक्त राष्ट्रसङ्घ
| |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
केन्द्रिय कार्यालय | न्यु योर्क सहर (अन्तर्राष्ट्रिय भूभाग) | ||||||||||
आधिकारिक भाषाहरू | |||||||||||
किसिम | अन्तर्राष्ट्रिय सरकारी सङ्गठन | ||||||||||
सदस्यता | १९३ सदस्य राष्ट्र २ पर्यवेक्षक राष्ट्रहरू | ||||||||||
नेताहरू | |||||||||||
• महासचिव | एन्टोनियो गुटेरेस | ||||||||||
• उपमहासचिव | अमिना जे मोहम्मद | ||||||||||
• महासभाको अध्यक्ष | तिजानी मुहम्मद-बन्दे | ||||||||||
• आर्थिक तथा सामाजिक परिषदको अध्यक्ष | मोना जुल | ||||||||||
• सुरक्षा परिषदको अध्यक्ष | केली क्राफ्ट | ||||||||||
स्थापना | |||||||||||
• वडापत्र हस्ताक्षर | २६ जुन १९४५ (७८ वर्ष पहिले) (१९४५-०६-26) | ||||||||||
• वडापत्र मञ्जुर | २४ अक्टोबर १९४५ (७८ वर्ष पहिले) (१९४५-१०-24) | ||||||||||
बन्द गर्नुहोस्
संयुक्त राष्ट्र सङ्घको औपचारिक कामकाजमा अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, स्पेनी(स्पेनिश) र अरबी भाषाको प्रयोग हुन्छ।