नेदरल्यान्डस्का फुटबल खेलाडी From Wikipedia, the free encyclopedia
वेस्ले स्नाइडर (डच उच्चारण: [ˈʋɛsli ˈsnɛi̯dər]; जन्म ९ जुन १९८४) डच पेशेवर फुटबलर हुन जो टुर्कीस क्लब गालातासारे र नेदरल्यान्ड राष्ट्रिय फुटबल टिमका लागि मध्यपंक्तिको भूमिकामा मैदानमा उत्रन्छन् । सन २०१० का लागि फिफाले संसारका ३ उत्कृष्ट मिडफिल्डरको सुचिमा उनलाई पनि समावेस गरेको थियो । एएफसी एज्याक्स एकेडेमीका उत्पादन स्नाइडरले एज्याक्सको लागि सात ट्रफि जितेका थिए । २००७ मा रियल म्याड्रिडले €२७ मिलियनमा उनलाई एज्याक्सबाट भित्रायो र उनको आगमनले क्लबले ला लिगा उपाधि पनि जित्यो । सन् २००९ मा इन्टर मिलानमा €१५ मिलियनमा उनको स्थानान्तरण भयो । इन्टर मिलानमा उनले सिरी ए,च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप जिताए भने घरेलु कप कोप्पा इटालिया पनि जिताए । यति गरेर उनी २०१३ मा गालातासारेमा €७.५ मिलियनमा प्रवेश गरे । गालातासारेमा पनि उनको खेल अझ खारिएको छ । राष्ट्रिय टिमका लागि उनले २८ गोल गरेका छन् भने उनले गोल गरेको खेलमा(१२ नोभेम्बर २०१४ सम्म) नेदरल्यान्डले हार्नुपरेन ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.