वेब प्रवेशद्वार
From Wikipedia, the free encyclopedia
इन्टरनेट प्रवेशद्वार वा वेब प्रवेशद्वार एक विशेष तरिकाले बनाइएको वेबसाइट हो जसले विभिन्न स्रोतहरू जस्तै इमेल, अनलाइन मञ्च र सर्च इन्जिनहरू अनेका प्रकारका सामग्रीहरू ल्याउँदछ। सामान्यतया, प्रत्येक जानकारीका स्रोतहरूले प्रायः जानकारी प्रदर्शन गर्नका लागि पृष्ठमा यसको समर्पित क्षेत्रहरू रहेका हुन्छन्। वेब प्रवेशद्वारहरू, व्यक्तिगत कम्प्युटर, स्मार्टफोन र अन्य इलेक्ट्रोनिक उपकरणहरूका मार्फतहरूबाट पहुँच योग्य रहेका हुन्छन्। वेब प्रवेशद्वारको प्रमुख विशेषताहरूमा डाटा पहुँच, व्यक्तिगत सामग्री, लेनदेन, सुरक्षा, प्रकाशित सामग्री र खोजी हुन्। यिनिहरू प्रयोगकर्ताहरूको आधारमा जानकारी प्रस्तुत गर्न सक्षम रहेका हुन्छन्।
धेरै इन्टरनेट सेवा प्रदायकहरूको आफ्नै प्रवेशद्वारहरू रहेका छन् जस्तै माइक्रोसफ्टको एमएसएन, आक्स डटकम, याहु! आदि।