बिष्णुपादुका सुनसरी जिल्लाको प्रख्यात धार्मिक स्थल हो। धरान देखि ४ किलोमिटर उत्तर पश्चिममा कोकाहा नदीको किनारमा रहेको विष्णुपादुका को महत्त्वलाई मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरी, श्राद्ध परम्पराको थालनी गरेका स्थानको रूपमा पुराणमा उल्लेखित छ। प्रत्येक वर्षको​ पौष शुक्ल औंशीका दिन आफ्ना पितृहरूलाई पिण्ड तर्पणका लागि लाखौंको संख्यामा हिन्दू धर्मावलम्वीहरू यहाँ आउने गर्दछन। यहाँ श्राद्ध गरेपछि भारतको काशीगया गएर श्राद्ध गर्नु नपर्ने जनविश्वास छ।

छरितो तथ्यहरू विष्णुपादुका, प्राथमिक विवरण ...
विष्णुपादुका
पवित्र स्थानको मुख्य मन्दिर
विष्णुपादुका (धरान) is located in नेपाल
विष्णुपादुका (धरान)
नेपालको नक्साभित्र स्थान
प्राथमिक विवरण
स्थान:धरान
निर्देशाङ्क२६°४९′२४.७३″उ॰ ८७°१४′५२.५३″पू॰
सम्बन्धनहिन्दुत्व
देवताभगवान विष्णु
चाडपर्वकुशे औंसी
जिल्लासुनसरी
राज्यProvince No. 1
देशनेपाल
वास्तुकला प्रकारShikhara
बन्द गर्नुहोस्

वि.सं. १९७० मा लक्ष्मण घिसिङले मन्दिर भएको स्थलमा उत्खनन गर्दा पाउको छापसहितको ढुंगा फेला पारेपछि विष्णुको पाउ भएको विश्वास गर्दै पूजा गर्न थालिएको हो । यस मन्दिरमा आदिवासी जनजाति समुदाय तामाङ जातिका प्रमुख पुजारी हुने चलन छ। प्रमुख पुजारी तामाङ रहे पनि पितृश्राद्धको विधि चाहिँ ब्राह्मण पुजारीले नै गर्छन् । धार्मिक र जातीय सद्भावको उत्कृष्ट नमुना उक्त मन्दिरमा तामाङ जाति पुस्तौंदेखि पुजारीका रूपमा रहेका छन् ।

स्रोत

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.