विश्व सुन्दरी
From Wikipedia, the free encyclopedia
विश्व सुन्दरी प्रतियोगिता सबै भन्दा पुरानो सुन्दरी प्रतियोगिता हो जो अहिले सम्म पनि निरन्तर प्रत्येक वर्ष आयोजना हुने गर्दछ। यो प्रतियोगिता संयुक्त अधिराज्यमा एरिक मोर्लेद्वारा सन् १९५१मा सुरु गरिएको हो। सन् २०००मा उनको देहान्त पश्चात उनकी पत्नी जुलिया मोर्लेले प्रतियोगिता सम्हाल्दै आएकिछन्।
छरितो तथ्यहरू गठन, प्रकार ...
गठन | १९५१ |
---|---|
प्रकार | सुन्दरी प्रतियोगिता |
प्रधान कार्यालय | लण्डन |
स्थान | |
आधिकारिक भाषा | अङ्ग्रेजी |
अध्यक्ष | जुलिया मोर्ले |
प्रमुख व्यक्ति | एरिक मोर्ले |
वेबसाइट | www.missworld.com |
बन्द गर्नुहोस्
विजेताहरूले विश्व सुन्दरी संस्था तथा संस्थाका उद्देश्यहरूको प्रतिनिधित्व गरी विभिन्न भ्रमणहरूमा एक वर्ष बिताउँछन्। परम्परागतरूपमा, विजेताहरू आफ्नो कार्यकाल भरि लण्डनमा नै बस्ने गर्दछन।