विकिपिडिया:हस्ताक्षर
From Wikipedia, the free encyclopedia
कुनै व्यक्तिको हस्ताक्षर (signature) उसको हातबाट लेखियेको (र कहिले-कहिले विशिष्ट शैलीमा) उसको आफ्नो नाम, उपनाम (अथवा केहि अरूपनि) आदिलाई भन्छन् । यो कुनै दस्तावेज वा घोषणा आदि माथि गरिन्छ जसले दर्शाउँछ कि यो 'सही व्यक्ति' द्वारा नै प्रसारित छ वा अमुक व्यक्तिले यो घोषणा गरेको छ । यदि कुनै रचनामा कुनै व्यक्तिको हस्ताक्षर छ भने थाहा पाईन्छ कि त्यो रचनालाई कस्ले सृजित गरेको हो । कुनै पनि व्यक्ति आफ्नो हस्ताक्षर विश्वको कुनै ज्ञात भाषाको लिपिमा गर्न सक्दछ । हस्ताक्षर व्यक्तिको एउटा अलग्गै पहिचान हो । त्यस्तै विकिपीडियामा सम्पादन गर्ने विकिपीडियनहरूले आफ्नो हस्ताक्षर गर्नु आवश्यक हुन्छ । यदी हस्ताक्षरको विना कुनै पनि व्याक्तीको वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा लेखेमा पछि गएर विवाद पनि उठ्न सक्छ । विकिपीडियामा सम्पादकहरूलाई हस्ताक्षर गर्न सजिलो होस् भन्ने हेतुले यसका निर्माण कर्ता द्वारा एक अलग्गै तरिका अपनाई दिएका छन् । विकिपीडिया वार्ता पृष्ठहरूमा आफ्नो सन्देशको तल हस्ताक्षर गरौँ। यो मात्र वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा मात्र गरिन्छ, लेखहरूको पानामा गर्न हुदैन । यस्तो गरेपछी संवादमा सजिलो हुन्छ । साथै हर सन्देशको लेखकलाई चिनाउनमा मदद मिल्छ । मिलेर सम्पादन गर्नाको लागी संवाद धेरै जरूरी छ किन भने यसलाई पढ्ने व्याक्तीलाई लेखको आरूप र प्रगति बुझ्नमा सजिलो हुन्छ ।