विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१६
From Wikipedia, the free encyclopedia
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/2b/WAM_2016_Banner-ne.png/640px-WAM_2016_Banner-ne.png)
विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । यो सम्पादन-थन नोभेम्बर २०१६ भरि हुनेछ र यसको उद्देश्य विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्ने रहेको छ । यस कार्यक्रमको पूर्व संस्करणमा ४३ भाषाहरूमा ७,००० लेखहरूमा योगदान भएको थियो ।
विकिपिडियाको एसियाली समुदायहरू बिचको मित्रता स्वरूप हरेक सहभागीहरू जसले तल दिइएको शर्तहरू पूरा गरि कम्तीमा चार (४) लेखहरू निर्माण गर्नेछ, उनीहरूलाई अर्को सहभागी राष्ट्रबाट विशेष रूपमा तयार गरिएको विकिपिडिया पोस्टकार्डहरू प्रदान गरिनेछ ।
हरेक विकिपिडियामा सबैभन्दा बढी लेखहरू तयार गर्ने विकिपिडियनलाई विकिपिडिया एसियाली राजदुतहरू को रूपमा सम्मान गरिनेछ ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/80/Asia_%28orthographic_projection%29.svg/320px-Asia_%28orthographic_projection%29.svg.png)
मुख्य पृष्ठ सहभागीहरूको सूची सहयोगी प्रश्न तथा उत्तरहरू कार्यक्रम सम्बन्धी तथ्याङ्क सम्भावित लेख शिर्षकहरू नतिजा
नियमहरू
छोटकरीमा: नोभेम्बर २०१६ महिना भरि एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा नयाँ लेख, कम्तीमा ३००० बाइट तथा ३०० शब्दहरू भएको सूची वाहेकको राम्रो लेख तयार गर्ने
- तपाईले नोभेम्बर १, २०१६ ०:०० देखि नोभेम्बर ३०, २०१६ २३:५९ (युटिसी) सम्म नयाँ लेख (ठुटो पृष्ठलाई सुधार गरेको सामेल नहुने) तयार गरेको हुनु पर्नेछ ।
- लेखमा कम्तीमा ३,००० बाइट र ३०० शब्दहरू हुनु पर्नेछ ।
- लेखले लेखको उल्लेखनियताको मापदण्ड पूरा गरेको हुनु पर्नेछ ।
- लेखमा विश्वाशिलो स्रोत हुनु पर्नेछ, लेखमा भएका शङ्कास्पद तथा विवादास्पद तथ्यहरूमा रूजुयोग्य स्रोत खुलाएको हुनु पर्नेछ ।
- लेख मेसिनको अनुवादमा आधारित हुनु हुदैन साथै लेख सभ्य भाषामा लेखिएको हुनु पर्नेछ ।
- लेखमा कुनै पनि विवाद हुनु नहुने ।
- सूचीको लेख हुन नहुने ।
- लेखमा विशेष सूची राखिएको भएका त्यसलाई गणना गरिनेछ ।
- लेख सुचनामूलक हुनु पर्ने ।
- लेखहरू एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा लेखिएको हुनु पर्नेछ । विकिपिडिया समुदाय बोलिने देश भन्दा अन्य एसियाली देशको सम्बन्धमा लेख तयार गर्ने पर्नेछ । जस्तैः नेपाली विकिपिडियाले नेपालको बारेमा लेख तयार नगरि अन्य एसियाली देशहरूको बारेमा लेख तयार गर्ने ।
- आयोजकले लेखलाई अर्को आयोजकबाट जाँच गराएको हुनु पर्नेछ ।
- टिप्पणीहरूः अन्तयमा, स्थानीय समुदायको निर्णयकर्ताबाट कुनै पनि लेख स्विकारयोग्य छ वा छैन भन्ने सम्बन्धमा तय गरिनेछ ।
- तपाईले ४ लेख तयार गर्नु भए पश्चात शर्त पूरा भएको मानिने छ र तपाईले कुनै एक एसियाली समुदायबाट WAM पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
- विकिपिडिया एसियाली राजदुतले पोस्टकार्डको अलावा एसियाली सम्बद्धहरूबाट हस्ताक्षर भएको प्रमाणपत्र प्राप्त गर्नु हुनेछ । थप जानकारीको लागी प्रश्न तथा उत्तर हेर्नुहोस ।
आयोजकहरू
सहभागी बन्नुहोस्
इच्छुक सहभागीहरूले यहाँ सहभागीता जनाउनुहोस । तपाईले कुनै पनि बेला सहभागिता जनाउन सक्नु हुनेछ । तपाईको लेखले सम्पूर्ण शर्तहरू पूरा गरेको अवस्थामा आयोजकहरूले सो लेखमा चिन्ह (जाँच) लगाउनु हुनेछ ।
प्रयोगकर्ता बाकस
तपाईले सहभागीता जनाई सके पश्चात यो प्रयोगकर्ता बाकस आफ्नो प्रयोगकर्ता पृष्ठमा राख्नु होला ।
|
विकिपिडिया एसियाली महिनामा सहभागी हुनको लागी #{{WAM user|YourUsername}}
को प्रयोग गर्नुहोला । तपाईले कुनै पनि बेला सहभागिता जनाउन सक्नु हुनेछ ।
- तपाईको लेखलाई यस उपकरण मार्फत पेश गर्नुहोला । कृपया माथि दाँयाको 'लगइन'मा थिच्नुहोला र OAuth ले बाँकी कार्य गर्नेछ । तपाईले इन्टरफेसको भाषालाई समेत माथि दाँयाबाट परिवर्तन गर्न सक्नुहुनेछ ।
- तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त उपकरणले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछन। तपाईले आफ्नो प्रगतीलाई यस उपकरणको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भनी देखाउने छ । यदि उक्त उपकरणमा कुनै समस्या भई नोभेम्बर महिना भित्र लेख पेश गर्न नसकिएको खण्डमा मेटाको यस पृष्ठमा पेश गर्न सक्नु हुन्छ ।
- सहभागीहरू मध्ये जसको स्विकारयोग्य ४ लेखहरू भएको खण्डमा निजले विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ । नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्ताक्षर भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
- यदि तपाईलाई उपकारणको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
- यदि तपाईका कुनै प्रश्न भए, तपाईले हाम्रो प्रश्नउत्तर पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको वार्ता पृष्ठमा राख्न सक्नु हुनेछ ।
कृपया नोट गर्नु होला १ नोभेम्बर २०१६ देखि ३० नोभेम्बर २०१६ (UTC) सम्म गरिएको सम्पादन मात्र गणना हुने छ ।
- Nirjal stha (वार्ता; टिप्पणी; जाँच्ने)
- JuniorX2 (वार्ता; टिप्पणी; जाँच्ने)
- Biplab Anand (वार्ता; टिप्पणी; जाँच्ने)
- Bijyu (वार्ता; टिप्पणी; जाँच्ने)
- Tulsi Bhagat (वार्ता; टिप्पणी; जाँच्ने)
- श्रेष्ठ भूपेन्द्र (वार्ता; टिप्पणी; जाँच्ने)
- Learnerktm (वार्ता; टिप्पणी; जाँच्ने)
- I am wikipedian (वार्ता; टिप्पणी; जाँच्ने)
- Nawaraj Ghimire (वार्ता; टिप्पणी; जाँच्ने)
- Janak Bhatta (वार्ता; टिप्पणी; जाँच्ने)
- सन्दिप अधिकारी (वार्ता; टिप्पणी; जाँच्ने)
- 永永世世 (वार्ता; टिप्पणी; जाँच्ने)
उपयोगी लिङ्कहरू
सम्बन्धन
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8b/Wikimedia-logo_black.svg/40px-Wikimedia-logo_black.svg.png)