वायुमण्डलीय चाप
From Wikipedia, the free encyclopedia
वायुमण्डलीय चाप वायुमण्डलीय चाप (ब्यारोमिटरको नामबाट बारोमेट्रिक चाप पनि भनिन्छ) पृथ्वीको वायुमण्डलमा कुनैपनि सतहको एक एकाईमा त्यसमाथिको हावाको तौलद्वारा लगाइएको बल हो। यसले पृथ्वीको वायुमण्डलको आन्तरिक चापलाई जनाउँछ अधिकांश परिस्थितिमा वायुमण्डलीय चापको लगभग सही अनुमान मापन बिन्दुमा त्यसको माथि हावाको तौलद्वारा लगाइन्छ। कम चाप भएका क्षेत्रहरूमा उक्त स्थानको माथि वायुमण्डलीय द्रव्यमान कम हुन्छ जबकि अधिक चाप भएको क्षेत्रमा उक्त स्थान माथि अधिक वायुमण्डलीय द्रव्यमान हुन्छ। यस प्रकार जसरी उचाइ बढ्दै जान्छ त्यसरीनै त्यस स्तरको माथि वायुमण्डलीय द्रव्यमान कम हुँदै जान्छ जसकारण बढ्दै गएको उचाइको साथ चाप घट्दै जान्छ। मानक अवस्थामा, वायुमण्डलीय चाप १०१३.२५ मिलिबार (१०१,३२५ पास्कल) वा ७६० पारो मिमी, २९.९२ पारो इन्च, वा १४.६९६ पाउन्ड/इन्च२ हुन्छ। वायुमण्डलीय एकाइ पृथ्वीको समुद्री सतहको औसत वायुमण्डलीय चाप बराबर हुन्छ यस अर्थात् पृथ्वीको समुद्री सतहमा वायुमण्डलीय चाप लगभग १ एटिएम हुन्छ।
प्रायजसो अवस्थामा वायुमण्डलीय चाप त्यस बिन्दुभन्दा माथिको हावाको भारले गर्दा हुने स्थिर चाप बराबर हुन्छ। उचाइ बढ्दै जाँदा सतहको वायुमण्डलको पिण्ड घट्दै जान्छ यसले गर्दा वायुमण्डलीय चाप पनि घट्छ। उचाइ बढेसँगै वायुमण्डलीय चाप घट्दै जान्छ। चापद्वारा प्रत्येक एकाइले त्यस क्षेत्रमा उत्पादित बललाई जनाउँछ जसको एसआई इकाई पास्कल (१ पास्कल = १ न्युटन प्रति वर्ग मिटर) हो। पृथ्वीको समुद्री सतहदेखि वायुमण्डलको माथिल्लो भागसम्म १ वर्ग सेन्टिमिटर चौडा हावा स्तम्भमा १.०३ किलोग्राम पिण्ड हुन्छ र यसमा १०.१ न्युटन बल लाग्छ। पृथ्वीको समुद्र सतहबाट वायुमण्डलको माथिल्लो भागमा १ वर्ग सेन्टिमिटरको चौडाइ भएको एक वायु स्तम्भको द्रव्यमान १.०३ किलोग्राम हुन्छ र यसमा १०.१ न्युटन बल लाग्दछ। जसकारण १०.१ न्युटन/सेमी२वा १०१ किलोन्युटन/मिटर२ को चाप बन्छ। १ इन्च २ चौडाइ भएको हावाको स्तम्भको तौल लगभग १४.७ पाउन्ड हुन्छ जसको फलस्वरूप १४.७ पाउन्ड/ इन्च२ को चाप लाग्दछ।