From Wikipedia, the free encyclopedia
राजकुमार फिलिप, एडिनबर्गको ड्युक (वा युनान र डेनमार्कका राजकुमार फिलिप (१० जुन १९२१ - ९ अप्रिल २०२१) एलिजाबेथ द्वितीयको श्रीमनको रूपमा बेलायती शाही परिवारका एक सदस्य थिए।[1]
राजकुमार फिलिप | |
---|---|
एडिनबर्गका ड्युक | |
बेलायती शाही परिवार | |
पदावधि | ६ फेब्रुअरी १९५२ – ९ अप्रिल २०२१ |
जन्म | युनान र डेनमार्कका राजकुमार फिलिप १० जुन १९२१ मोन रिपोस, युनानी अधिराज्य |
मृत्यु | ९ अप्रिल २०२१ ९९) विन्डसोर दरबार, संयुक्त अधिराज्य | (उमेर
जीवनसाथी | |
सन्तान विवरण |
|
घराना |
|
बाबु | युनान र डेनमार्कका राजकुमार एन्ड्रयु |
आमा | बेटनबर्गकी राजकुमारी एलिस |
हस्ताक्षर | राजकुमार फिलिपको हस्ताक्षर |
सैन्य कार्यजीवन | |
निष्ठा | United Kingdom |
सेवा/ |
|
सक्रिय सेवा अवधि | सन् १९३९–१९५२ (सक्रिय सेवा) |
फिलिपको जन्म युनानी र डेनमार्केली शाही परिवारमा भएको थियो। उनको जन्म युनानमा भएतापनि उनी अठार महिनाको हुँदा उनको परिवारलाई देशबाट निर्वासित गरिएको थियो। फिलिपले फ्रान्स, जर्मनी र संयुक्त अधिराज्यमा शिक्षा हासिल गरेपछि सन् १९३९ मा मात्र १८ वर्षको उमेरमा उनी शाही नौसेनामन भर्ती भएका थिए। सन् १९३९ को जुलाईदेखि उनले तेह्र वर्षीया राजकुमारी एलिजावेथलाई पत्राचार गर्न सुरु गरेका थिए भने उनले सन् १९३४ मा एलिजाबेथलाई पहिलो पटक भेटेका थिए। दोस्रो विश्वयुद्धको समयमा उनले भूमध्यसागर र प्रशान्त महासागरका जल सेनामा सेवा गरेका थिए।
द्वितीय विश्वयुद्ध पश्चात् फिलिपलाई जर्ज छैठौँले एलिजाबेथसँग विवाह गर्ने अनुमति दिए। जुलाई १९४७ मा उनीहरूको मगनीको आधिकारिक घोषणा गर्नुअघि उनले आफ्नो युनानी र डेनमार्केली उपाधि तथा शैलीहरू त्याग गर्दै बेलायती बनेका थिए भने उनले आफ्ना मातृ हजुरबुवा हजुरआमालाई माउन्टबेटनको उपनाम दिएका थिए। फिलिप सन् १९४७ नोभेम्बर २० का दिन एलिजाबेथसँग विवाद बन्धनमा बाँधिएका थिए। सन् १९५२ मा एलिजाबेथ रानी भएपछि फिलिपले सक्रिय सैन्य सेवा छोड्दै सन् १९५७ मा बेलायती राजकुमार बनेका थिए। फिलिपको एलिजाबेथसँग चार सन्तानहरू; चार्ल्स, प् वेल्सका राजकुमार; आन, राजकुमारी शाही; राजकुमार एन्ड्रु र राजकुमार एडवर्ड। सन् १९६० मा जारी गरिएको बेलायती अध्यादेश मार्फत शाही शैली र उपाधि नलिएका दम्पतीका सन्तानले 'माउन्टबेटन–विन्डसर' भन्ने उपनाम प्रयोग गर्ने अनुमानि प्राप्त गरेका थिए जसलाई एन्ड्रयु र एडवर्डजस्ता पदवी धारण राजपरिवारका केही सदस्यले पनि प्रयोग गर्दै आएका छन्।
खेलकुदप्रति उत्साही फिलिपले गाडी हाँक्ने अभियानको विकास गर्न सहयोग गरेका थिए। उनी ७८० भन्दा बढी सङ्गठनहरूको संरक्षक, अध्यक्ष वा सदस्य रहेका थिए। उनले द ड्युक अफ एडिनबर्ग उपाधिको पनि अध्यक्षता गरेकन थिए जुन १४ देखि २४ वर्षका युवाहरूका लागि आत्म-सुधार कार्यक्रम थियो। उनी शासनारुढ बेलायती राजाको सबैभन्दा लामो समयसम्म सेवा गर्ने र बेलायती शाही परिवारको सबैभन्दा लामो समयसम्म बाँच्ने पुरुष सदस्य थिए। उनले २ अगस्ट २०१७ मा ९६ वर्षको उमेरमा राजकीय जिम्मेवारीबाट अवकाश लिएका थिए। फिलिपले सन् १९५२ देखि आफ्नो जीवनकाल भरी २२,२१९ एकल सहभागिता र ५,४९३ भाषणहरू पूरा गरेका थिए। फिलिपको १००औँ जन्मदिनभन्दा दुई महिनाअघि ९ अप्रिल २०२१ का दिन निधन भएको थियो।[2][3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.