नेपाली सैनिक अधिकारी तथा जुम्लाका हाकिम From Wikipedia, the free encyclopedia
रणजीत कुँवर नेपाली काजी तथा सैनिक अधिकारी थिए। उनी सुरूवाती जुम्लाको बडाहाकिम थिए । उनले नेपाल एकीकरणको युद्धमा सन् १७७५ मा उपरदाङ्ग र सोमेश्वरको विजय सक्रिय भूमिका निभाएका थिए । त्यस्तै सन् १७८१ मा तनहुँ, कास्की र लम्जुङ्गलाई नेपालमा गाभ्न उनले पनि भूमिका निर्वाह गरेका थिए ।[1] उनले श्रीकृष्ण शाह (चौतारिया)को नेतृत्वमा नेपाल-तिब्बत युद्धमा भाग लिएका थिए । उनी अभिमान सिंह बस्नेतसँग पछिल्ला फौजमा आइ युद्ध लडेका थिए ।[2] सन् १८०४ मा उनलाई काजी बनाइएको थियो । सन् १८०८ मा काँगडा पुगेका थिए । सन् १८१५ मा ६२ वर्ष को उमेरमा गवेश्वर, काँगडामा घाइते भै मृत्यवरण गरे ।[1]
श्री काजी रणजीत कुँवर | |
---|---|
जुम्लाको बडाहाकिम | |
व्यक्तिगत विवरण | |
जन्म | सन् १८५३ गोरखा |
मृत्यु | गवेश्वर, काँगडा, भारत सन् १८१५ |
नाता | रामकृष्ण कुँवर (पिता) |
सैन्य सेवा | |
लडाई/युद्धहरू | नेपाल-भोट युद्ध |
उनी सरदार रामकृष्ण कुँवरका एक्ला छोरा हुन् । उनको जन्म सन् १७५३ मा भएको थियो । उनका तीन छोरा थिए: बालनरसिंह कुँवर, बलराम कुँवर र रेवन्त बहादुर कुँवर । उनका नाति जंगबहादुर राणाले राणा वंशको उदय गराएका थिए ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.