महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस (English:  Mahendra Morang Adarsh Multiple Campus) बिराटनगरमा स्थित त्रिभुवन विश्वविद्यालयको एक आङ्गिक क्याम्पस हो । १९५५ मा स्थापित महेन्द्र मोरङ अदर्श बहुमुखी क्याम्पस, जिल्लामा त्रिभुवन विश्वविद्यालयको सबैभन्दा पुरानो आङ्गिक क्याम्पस हो ।[3] यस क्याम्पसमा १६५ शैक्षिक कर्मचारीहरू र ३२३४ विद्यार्थीहरु छन् ।[4] १५ अप्रिल २०१८ मा, त्रिभुवन विश्वविद्यालयले कलेज प्रशासनमा बाबु राम तिमल्सिना को नेतृत्वमा निर्वाचित गर्यो जसलाइ प्रायः "क्याम्पस प्रमुख"भन्ने गरिन्छ ।[5]

छरितो तथ्यहरू प्रकार, स्थापना ...
Mahendra Morang Adarsh Multiple Campus
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस
Thumb
प्रकारपब्लिक सहशिक्षा
स्थापना१९५५ (वि.सं. २०१२)[1]
सम्बन्धनत्रिभुवन विश्वविद्यालय
प्रमुखDr. Ramavatar Sharan
शैक्षिक कर्मचारी
१६५
विद्यार्थीहरू३२३४[2]
ठेगाना,
भाषानेपाली, अङ्ग्रेजी
वेबसाइटwww.mmamc.edu.np
बन्द गर्नुहोस्

इतिहास

प्रदेश न. एकमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको एक आङ्गिक क्याम्पस हो । यस क्याम्पसको स्थापना वि.सं. २०१२ मा मोरङ्ग इंटरमीडिएट कलेजको नाममा भएको थियो । स्थापनाको पहिलो वर्षमा नै मानविकी संकायमा शत प्रतिशत परिणाम ल्याउन सफल भयो ।[6] परिसर भवनको निर्माण वि.सं. २०१८ मा सम्पन्न भयो । महेन्द्र वीर विक्रम शाहद्वरा वि.सं. २०२० मा भवन उद्घाटन भएपछी मोरङ कलेज अगाडी महेन्द्र नाम थप्न कलेज प्रशाशनले राजा महेन्द्रलाई बिन्ती पत्र पठाएपछि वि. सं. २०२२ माघ ३ गतेका दिन स्विकृति प्राप्त गरी "महेन्द्र" क्याम्पसको नाममा थपिएको थियो । यसरी वि. सं. २०२४ चैत्र ६ गते महेन्द्र मोरङ कलेज नाम राखिएको थियो। २०२८ मा नयाँ शिक्षा लागू भएपछि त्रिभुवन विश्वविद्यालयले यसलाई आङ्गिक क्याम्पसको रूपमा परिणत गर्यो । त्रिभुवन विश्वविद्यालय को केन्द्रीय कार्यालय समेत यहाँ भएको हुनाले यसको पूरा नाम २०३३ मा महेन्द्र मोरङ आदर्श बहुमुखी केन्द्रीय क्याम्पस रखिएको थियो। डीनको कार्यालय काठमाडौँ सरेपछि यसलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस भनिन्छ ।[7]

उल्लेखनीय भूतपूर्व विद्यार्थीहरू

क्याम्पसका केही प्रख्यात स्नातकहरू निम्न हुन्:

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.