![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d7/Kathmandu-Hotel-14-Kantipur_Temple_House-Fenster-2014-gje.jpg/640px-Kathmandu-Hotel-14-Kantipur_Temple_House-Fenster-2014-gje.jpg&w=640&q=50)
बासालय
From Wikipedia, the free encyclopedia
बासालय भनेको छोटो अवधिको आधारमा सशुल्क बसोबास उपलब्ध गराउने व्यवसायिक प्रतिष्ठान हो। बासालय कोठाभित्र प्रदान गरिएका सुविधाहरू सानो कोठामा सामान्य गुणस्तरको गद्दादेखि ठूला सुइटहरू, उच्च गुणस्तरको ओछ्यान, ड्रेसर, फ्रिज र अन्य भान्सा सुविधाहरू, कुर्सीहरू, फ्ल्याट स्क्रिन टेलिभिजन, र स्नान कक्ष रहेको हुन्छ। साना तथा थोरै मूल्यका बासालयहरूले सबैभन्दा आधारभूत अतिथि सेवा र सुविधाहरू मात्र प्रस्ताव गर्न सक्छन्। ठूला तथा उच्च मूल्यका बासालयहरूले अतिरिक्त अतिथि सुविधाहरू प्रदान गर्न सक्छन् जस्तै पौडी पोखरी, व्यापार केन्द्र (कम्प्युटर, प्रिन्टर, र अन्य कार्यालय उपकरणहरू सहित), बाल हेरचाह, सम्मेलन र कार्यक्रम सुविधाहरू, टेनिस वा बास्केटबल कोर्ट, व्यायामशाला,भोजनालय,पेयशाला,दिवा स्पा र सामाजिक कार्य गर्न सक्ने सेवाहरू रहेका हुन्छन्। अतिथिहरूलाई तिनीहरूको कोठा पहिचान गर्न अनुमति दिन बासालयका कोठाहरू सामान्यतया सङ्ख्यामा आधारित हुन्छन् (वा केही साना बासालयहरूमा नाम राखिन्छन्)। केही बुटिक, उच्च कोटीका बासालयहरूमा आफू अनुकूल सजाइएका कोठाहरू हुने गर्छन्। केही बासालयहरूले कोठा र बोर्ड व्यवस्थाको भागको रूपमा खाना प्रस्ताव गर्छन्। जापानमा क्याप्सुल बासालयहरूले सुत्न र साझा स्नान घरमा सुविधाहरूको लागि मात्र उपयुक्त सानो कोठा प्रदान गर्दछ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d7/Kathmandu-Hotel-14-Kantipur_Temple_House-Fenster-2014-gje.jpg/640px-Kathmandu-Hotel-14-Kantipur_Temple_House-Fenster-2014-gje.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c2/Mercure_hotel_taksim.jpg/640px-Mercure_hotel_taksim.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/0/0d/Hotel_room_at_Hotel_Scandic_Malmen%2C_Stockholm.jpg/640px-Hotel_room_at_Hotel_Scandic_Malmen%2C_Stockholm.jpg)
आधुनिक बासालयको अग्ररूप मध्ययुगीन धर्मशाला र पाटी हुन । व्यवस्थित धर्मशालाहरूले यात्रीहरूको लागि बस्ने ठाउँको रूपमा सेवा गरेका थिए। पछी यस्ता पाटी र धर्मशालाहरू धनी ग्राहकहरूलाई सेवा गर्न सुरु गरे। आधुनिक अर्थमा पहिलो बासालय एक्सिटरमा सन् १७६८ मा खोलिएको थियो। १९औँ शताब्दीको प्रारम्भमा पश्चिमी युरोप र उत्तरी अमेरिकामा बासालयहरू फैलिएको थियो भने सोही शताब्दीको उत्तरार्धमा विलासिता बासालयहरू फैलिन थालेका थिए।