प्राचीन मिस्र
From Wikipedia, the free encyclopedia
विश्वको प्राचीन सभ्यताहरू मध्ये मिश्रको सभ्यतालाई प्राचीनतम् सभ्यता मानिन्छ। मिश्रको सभ्यता संसारको सबैभन्दा पुरानो सभ्यता मानिन्छ। यो सभ्यताको विकास नील नदीको किनारमा विकास भएको थियो। इतिहासकार प्रोफेसर फ्लीन्डर्स पेट्रीका अनुसार मिश्रको प्राचीन सभ्यताको उदय करिब ५७०० वर्ष पहिले भइसकेको थियो। मेसोपोटामियाको सभ्यता जति पुरानो छ त्यति नै पुरानो मिश्रको सभ्यता भएको इतिहासकारहरूको भनाइ तथा तर्क रहेको छ। प्राचीन मिश्रको सभ्यताको संस्थापक एक जातिको नभएर अनेक जाति मिलेर भएको हुनसक्छ भन्ने पनि इतिहासकारहरूको तर्क रहेको छ। प्राचीन मूल बासीहरूको विषयमा इतिहासकारहरूमा मत भिन्नता रहेता पनि यो सभ्यताका जन्मदाताका रूपमा इथोपियन, लिबियन, सिरियन र सिमेटिक जातिहरू हुन् भन्ने विचारमा इतिहासकारहरूको सहमत रहेको छ। प्राचीन मिश्र प्राकृतिक तथा भौगोलिक दुवै दृष्टिकोणले चारैतिरबाट सुरक्षित रहेको थियो। त्यसै कारणले मिश्रको सभ्यता विध्नबाधा नभई लामो समयसम्म भइ नै रह्यो।