संविधान सभा सदस्य From Wikipedia, the free encyclopedia
पूर्णबहादुर खड्का सुर्खेत, वीरेन्द्रनगर निवासी ५३ वर्षीय पूर्णबहादुर खड्का समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। उहाँ २०४८, २०५१ र २०५६ का तीनवटै संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नं. १बाट नेपाली कांग्रेसका उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको हो। यसबीच उहाँले सूचना तथा सञ्चार मन्त्री र गृह मन्त्रीको जिम्मेदारी पटकपटक सम्हालिसक्नुभएको छ। लामो समयदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहिआएका खड्का पार्टी विभाजन हुँदा ने.का. प्रजातान्त्रिकका पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
२०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका उहाँले पटकपटक गरेर कुल पाँच महीना जेल जीवन बिताइसक्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा सक्रिय रहँदा उहाँ नजरबन्द तथा थुनामा पर्नुभएको थियो। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रका स्नातक पूर्णबहादुर खड्का एक छोराका पिता हुनुहुन्छ।
समाजसेवामा उहाँको रुचि छ र व्यक्तिगत तवरमा तथा संघसंस्था मार्फत सामाजिक कार्यमा सक्रिय रहिआउनुभएको छ। संविधानसभामा उहाँले उठाउने अठोट गरेका प्रमुख दुई मुद्दा हुन्: क. राज्यको पुनःसंरचना, ख. सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.