पित्तल (Brass) एक प्रमुख मिश्रधातु है। यो तामाजस्ताको मिश्रणबाट बनाइन्छ। संस्कृतमा 'पीत'को अर्थ 'पहेँलो' हुन्छ। यसको सँग सुन जस्तै पहेँलो हुन्छ।

Thumb
पित्तलबाट बनेको चुकुल

पित्तलको सुनको जस्तो रङ र स्वरुपको कारणले यसलाई लामो समयदेखि सजावटको सामग्रीको रुपमा प्रयोग गरिदै आएको छ। यसको न्युनतम द्रवणाङ्क, हाते औजार र टर्निङ र मिलिङ मेसिनमा काम गर्न सकिने गुण, टिकाउ, विद्युतीय तथा तापीय चालकता जस्ता गुणहरूको कारणले यसलाई भाडाकुडा, वर्तन बनाउन पनि व्यापक रुपमा प्रयोग हुँदै आएको छ। चुकुल, ताला, गियर, बेरिङ, जिपर, भल्भ, र विद्य्तीय प्लग तथा सकेट जस्ता क्षय प्रतिरोधी र न्यून घर्षण आवश्यक हुने उपयोगमा समेत पित्तलको प्रयोग गरिन्छ। पित्तल बाजागाजा, बाद्यबादन जस्तै हर्न, घण्टी बनाउन र गहना, आभुषण बनाउन तामाको बिकल्पमा पनि प्रयोग हुन्छ। ६६% तामा र ३४% जस्ता समिश्रण भएको पित्तलको क्षयीकरण प्रतिरोध हुने भएकाले यो तामामा आधारित गहना बनाउन निकै अनुकुल मानिन्छ।

यो पनि हेर्नुहोस्

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.