पानी
एक सर्वव्यापी घोलक पदार्थ / From Wikipedia, the free encyclopedia
पानी एक रङ बिहिन, स्वाद बिहिन, वा गन्ध बिहिन रसायनिक पदार्थ हो। पानी पृथ्वीको एक मुख्य घटक हो। यसले पृथ्वीको प्रकृतिक धाराहरु, तालहरू, र महासागरहरू, र अधिकांश जीवित जीवहरूको तरल पदार्थ बनेको हुन्छ। यसले कुनै क्यालोरी वा जैविक पोषण प्रदान गर्दैन तर पनि यो सबै ज्ञात प्राणीहरूको जिवनको आधार हो। यसको रासायनिक सूत्र H2O हो[स्रोत नखुलेको], अर्थात यसको प्रत्येक अणुमा सहसंयोजक बन्धनहरू द्वारा जोडिएको एक अक्सिजन र दुई हाइड्रोजन परमाणु हुन्छन्। मानक वातावरणीय तापमान र दबावमा H2O को तरल अवस्थाको नाम नै पानी हो। वर्षा र कुहिरो पनि पानीले नै बन्छन्। पानीको छरिएका कणहरूले बादल बनेको हुन्छ। पानीको ठोस रुप बरफ हो। बरफको सानो कणले हिउ बनेको हुन्छ । यो सर्वव्यापि घोलक हो। [स्रोत नखुलेको]
यस लेखमा गरिएका दावीहरूको प्रमाणिकता विवादित रहेको छ। |
पानी पृथ्वीमा धेरै मात्रामा पाइन्छ। यो विभिन्न ठाउँमा विभिन्न अबस्थामा पाइन्छ, मुख्यत: महासागर, वर्षा खोला र समुद्रमा तरल अवस्थामा, ध्रुवमा र बादलमा बरफ अथवा ठोस अवस्थामा र बाफ तुबालो आदि बाफ अवस्थामा पाइन्छन्। यस ग्रहमा पानी सँधै वाफ, झरी र खोलानाला भई समुद्र अनि फेरि बाफको चक्रमा बहिरहन्छ।
सबै प्राणीलाई पानी आवश्यक छ। मानिसहरू शरीरको आवश्यकताअनुसार पानी पिउँछन्। बढ्दो विश्व जनसङ्ख्या सँगै यो प्राकृतिक सम्पदाको अभाव हुन थालेको छ र यसको आपुर्ति एक ठूलो सामाजिक र आर्थिक मुद्दा हुन पुगेको छ।