नास्तिकता
From Wikipedia, the free encyclopedia
नास्तिकता अथवा नास्तिकवाद अथवा अनीश्वरवाद (Atheism) त्यो सिद्धान्त जो जगतलाई सृष्टि गर्ने, यसलाई सञ्चालन र नियन्त्रण गर्ने भनिएको कुनै पनि ईश्वरको अस्तित्वलाई स्वीकार गर्दैन। (नास्ति = न + अस्ति = छैन , अर्थात ईश्वर छैन।) नास्तिकहरू ईश्वर (भगवान)को अस्तित्व झूटो मान्दछन्। अधिकांश नास्तिक कुनै पनि देवी देवता, परालौकिक शक्ति, धर्म र आत्मालाई मान्दैनन्। हिन्दू दर्शनमा नास्तिक शब्द उनीहरूको निम्ति प्रयुक्त गरिएको छ जो वेदहरूलाई मान्यता दिंदैनन्।
दर्शनको अनीश्वरवादका अनुसार ब्रह्माण्ड स्वयंसञ्चालित र स्वयंशासित छ। ईश्वरवादी ईश्वरको अस्तित्वको जो प्रमाण दिन्छन्, अनीश्वरवादी ती सबैको खण्डन गर्छन् र संसारगत दोषहरू भनेर निम्नलिखित प्रकारका तर्कहरूद्वारा यो सिद्ध गर्ने प्रयास गर्दछन् कि यस संसारलाई ईश्वरले रचेको होइन।
ईश्वरवादी भन्दछन् कि मनुष्यको मनमा ईश्वर प्रत्यय जन्मदेखि नैं हुन्छ र त्यो स्वयंसिद्ध एवं अनिवार्य हो। यसले ईश्वरको अस्तित्वको बोध गराउँछ। यसको उत्तरमा अनीश्वरवादी भन्दछन् 'ईश्वरभावना सबै मनुष्यहरूमा अनिवार्य रूपमा पाइंदैन र यदि पाइएमा त्यो केवल मनको भावना हो, मनको भावनाले बाहिरी वस्तुहरूको अस्तित्व सिद्ध हुँदैन। मनका धेरै धारणाहरूलाई विज्ञानले असिद्ध प्रमाणित गरिसकेकोछ।
संसारमा सबै वस्तुहरूको कारण हुन्छ। बिना कारण कुनै कार्य हुँदैन। कारण दुई प्रकारका हुन्छन्-एक उपादान, जसद्वारा कुनै वस्तु बन्दछ, र अर्को निमित्त, जसले त्यसलाई बनाउँछ। ईश्वरवादी भन्दछन् घट, पट र घडी सरह समस्त जगत् पनि एक कार्य (कृत घटना) हो अतएव यसका पनि उपादान र निमित्त कारण हुनुपर्छ। केही मानिसहरू ईश्वरको जगतको निमित्त कारण र केही मानिस निमित्त र उपादान दुइटै कारण मान्दछन्। यस युक्तिको उत्तरमा अनीश्वरवादी भन्दछनः- यसको कुनै प्रमाण हामीसित छैन कि घट, पट र घडी सरह समस्त जगत् पनि कुनै समय उत्पन्न अथवा आरम्भ भएको थियो। यसको प्रवाह अनादि छ, अत: यसको स्रष्टा र उपादान कारणलाई खोज्ने आवश्यकता छैन। यदि जगतको स्रष्टा कुनै ईश्वर मानिलिएमा अनेक कठिनाइहरूको सामना गर्नु पर्नेछ; जस्तै:- उसले सृष्टि गर्नुमा के प्रयोजन थियो? भौतिक सृष्टि केवल मानसिक अथवा आध्यात्मिक सत्ताले कसरी गर्न सक्छ? यदि यसको उपादान कुनै भौतिक पदार्थ मानी लियौं भनें पनि ता उसले यसको नियन्त्रण कसरी गर्न सक्छ? उ स्वयं भौतिक शरीर अथवा उपकरणहरूको सहायताले कार्य गर्दछ अथवा बिना यसको सहायताले? सृष्टि नभई ती उपकरण र भौतिक शरीर कहाँबाट आए? यस्तो सृष्टिको रचना गर्नसित ईश्वरलाई, (जसलाई उसका भक्त सर्वशक्तिमान, सर्वज्ञ र कल्याणकारी मान्दछन्) के प्रयोजन छ, जसमा जीवनको अन्त मरणमा, सुखको अन्त दु:खमा संयोगको वियोगमा र उन्नतिको अवनतिमा हुने गर्छ? यस दु:खमय सृष्टिलाई बनाएर, जहाँ एउटा प्राणीलाई खाएर अर्को प्राणी बाँच्ने गर्छ र जहाँ सब प्राणी एक-अर्काका शत्रु छन् र आपसमा सब प्राणीहरूमा संघर्ष हुने गर्छ, यसमा उसलाई(ईश्वरलाई) के लाभ हुन्छ? यस जगतको दुर्दशाको वर्णन योगवासिष्ठको एक श्लोकमा राम्ररी दिएकोछ, जसको आशय निम्निलिखत छ--
कुन चैं यस्तो ज्ञान छ जसमा त्रुटीहरू छैनन् , कुन चैं यस्तो दिशा छ जहाँ दु:खहरूको अग्नि प्रज्वलित हुँदैन, कुन चैं यस्तो वस्तु उत्पन्न हुन्छ जो नष्ट हुँदैन, कुन चैं यस्तो व्यवहार छ जो छलकपटले रहित छ? यस्तो संसारको रचना गर्ने सर्वज्ञ, सर्वशक्तिमान र कल्याणकारी ईश्वर कसरी हुनसक्छ?
ईश्वरवादी एक युक्ति यो दिने गर्दछन् कि यस भौतिक संसारमा सबै वस्तुहरूभित्र, र समस्त सृष्टिमा, नियम र उद्देश्य सार्थकता पाइन्छ। यो कुरा यसको द्योतक हो कि यसलाई सञ्चालन गर्ने कोई बुद्धिमान ईश्वर छ यस युक्तिको अनीश्वरवाद यस प्रकार खण्डन गर्दछन् कि संसारमा धेरै घटनाहरू यस्ता पनि जसको कुनै उद्देश्य, अथवा कल्याणकारी उद्देश्य हुँदैन, जस्तै:- अतिवृष्टि, अनावृष्टि, अकाल, बाढ, आगो लाग्नु, अकालमृत्यु, बुढो हुनु, व्याधी आउनु र धेरै हिंसक र दुष्ट प्राणी। संसारमा जति नियम र ऐक्य देखिन्छ उति नैं अनियमितता र विरोध पनि देखिन्छ। यी कुराहरूको कारण खोज्नु त्यति नैं आवश्यक छ जति नियमहरूको र ऐक्यको। जसरी, समाजमा सबै मानिसहरूलाई राजा अथवा राज्यप्रबन्ध एक-अर्का प्रति व्यवहारमा नियन्त्रित राख्छ, त्यसै गरी संसारका सबै प्राणीहरूमाथि शासन गर्ने र उनीहरूलाई पाप र पुण्यको निम्ति यातना, दण्ड र पुरस्कार दिने ईश्वरको आवश्यकता छ। यसको उत्तरमा अनीश्वरवादी यो भन्दछन् कि संसारमा प्राकृतिक नियमहरूका अतिरिक्त र कुनै नियम देखिंदैन। पाप र पुण्यको भेद मिथ्या हो जो मनुष्यले आफ्नो मनले बनाएको हो। यहाँ सब क्रियाहरूका प्रतिक्रियाहरू हुन्छन् र सब कामहरूको लेखा बराबर हुन्छ। यसको लागि कुनै अर्को नियामक तथा शासकको आवश्यकता छैन। यदि पाप र पुण्यको लागि दण्ड र पुरस्कारको प्रबन्ध हुन्थ्यो तथा त्यसलाई रोक्ने र गराउने कुनै ईश्वर हुन्थ्यो; अनि पुण्यात्माहरूको रक्षा हुनेगर्थ्यो र पापात्माहरूले दण्ड पाउँथे भनें ईसामसीह र गांधी जस्ता पुण्यात्माहरूको नृशंस हत्या हुनेथिएन।
यस प्रकार अनीश्वरवाद ईश्वरवादी सूक्तिहरूको खंडन गर्दछ र यहाँ सम्म भन्ने गर्छ कि यस्तो संसारको सृष्टि गर्ने यदि कसैलाई मान्नुपर्छ भनें बुद्धिमान र कल्याणकारी ईश्वरलाई होइन, तर दुष्ट र मूर्ख शैतानलाई नैं मान्नुपर्छ।
पाश्चात्य दार्शनिकहरूमध्ये अनेक अनीश्वरवादी भइसके, र हुँदैछन्। भारतमा जैन, बौद्ध, चार्वाक, सांख्य र पूर्वमीमांसा दर्शन अनीश्वरवादी दर्शन हुन्। यी दर्शनहरूमा दिएको युक्तिहरूको सुंदर सङ्कलन हरिभद्र सूरि लिखित षड्दर्शन समुच्चयमाथि गुणरत्नद्वारा लेखिएको भाष्य, कुमारिल भट्टको श्लोकवार्तिक, र रामानुजाचार्यको ब्रह्मसूत्रमाथि लेखिएको श्रीभाष्यमा पाइन्छ।
धर्मले मनुष्यलाई बाटँने काम गर्छ। अतः ईश्वर केवल जनताको अफीम हो।