![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/18/Gyan_%2528Dhyana%2529.jpg/640px-Gyan_%2528Dhyana%2529.jpg&w=640&q=50)
ध्यान
From Wikipedia, the free encyclopedia
ध्यान, चेतन मन को एक प्रकृया हो, जसमा व्यक्ति ले आफ्नो चेतना बाह्य जगत को कुनै एक बिशेष कुरा वा मन्त्रादी मा केन्द्रित गर्छ।या भनोै कुनै एक विचार वा छवीमा मन लाई निरन्तर स्थीर गर्ने कार्यलाई ध्यान भनिन्छ। मनलाई जहाँ धारणा गराइएको हुन्छ, अथवा जुन प्रतिकमा मन अड्काइएको हुन्छ , अथवा मन जहाँ लगाइएको हुन्छ भनौ , त्यसै वृत्तिमा एकतार भएर मन लगाईरहनु ,मन लाइ यताउता भड्किन नदिनु लाई ध्यान भनिन्छ। पातञ्जल योग प्रदीप मा लेखिएको छ :– तत्र प्रत्यैकतानता ध्यानम्। अर्थात् : जहाँ मन लगाइएको छ त्यसै वृत्तिमा एकनासले मन लगाइरहनु ध्यान हो। यो एकाग्रता मनमा दोश्रो विचार आएर बाधित नभए सम्म ध्यान मानिन्छ। गोरक्ष संहितामा गुरु गोरख नाथले ध्यानको यस्तो व्याख्या गर्नुभएकोछ : स्मृत्यसेव सर्व चिन्तया धातुरेकः प्रपद्यते। यच्चितै निर्मला चिन्ता तद्विद्यानं यचक्षते।। द्विविधं भवति ध्यानं सकलं निष्कलं तथा। चर्याभेदेन सकलं निष्कलं निर्गुणं भवेत्।। अर्थात् ध्यान सगुण÷साकार र निर्गुण÷निराकार दुई प्रकारको हुन्छ। सगुण ध्यान गर्नाले अणिमा आदि अष्ट सिद्घी प्राप्त हुन्छन् भने, निर्गुण ध्यानबाट समाधिको अवस्था प्राप्त हुन्छ। योग तत्वोपनिषद्ले पनि यो तथ्य लाइ थप स्पष्ट गरेको छ :– सगुणध्यानमेतत्स्यादणिमादिगुणप्रदम्। निर्गुणध्यानयुक्तस्य समाधिश्चततो भवेत्।। यसको भावार्थ पनि माथि लेखिए जस्तै हो। योग ग्रन्थहरूमा ध्यानको महिमा यसरी लेखिएको छ :– अश्वमेध सहस्त्राणी वाजपेय शतानि च। एकस्य ध्यान योगस्य तुलांनार्हन्ति षोडशीम्।। अर्थात हजारौ अश्वमेध यज्ञ वा सयकडौं वाजपेय यज्ञको फल ध्यान योगको सोलह भाग जति पनि हुँदैन। अर्थात् इष्टदेवको ध्यान गर्नाले पूजा, पाठ, यज्ञ, दान, तप, गरेको भन्दा १६ गुना बढी फल प्राप्त हुन्छ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/18/Gyan_%28Dhyana%29.jpg/320px-Gyan_%28Dhyana%29.jpg)