From Wikipedia, the free encyclopedia
दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली अर्थात "रोशनीको पर्व" शरद ऋतु (उत्तरी गोलार्द्ध) मा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो ।[2][3] दीवाली भारतको सबै भन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक रूपले अन्धकारमा प्रकाशको विजयको दर्शाउँछ ।[4][5]
नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लिने गरिन्छ । जसरी नवरात्री नौ दिनसम्म मनाईन्छ, त्यसैगरि तिहारलाई पाँच दिनसम्म मनाउने प्रचलन छ । जसलाई यम पञ्चक भनिन्छ । यस पर्वमा काग, कुकुर र गाईआदिको पूजा गरेर मानव र प्रकृति बीचको सौन्दर्यतालाई आत्मसात गरिन्छ । यही तिहार पर्वको मूल मर्म हो । दिपावलीको रमझम सबैतिर छाएको हुन्छ । सबैको मनमा आनन्दको वर्षा हुन्छ । देउसी भैलो गाएर मनोरंजन गरिन्छ । लक्ष्मी पूजा गरेर वर्षभरि आर्थिक आभाव नहोस भनि माताजीसँग प्रार्थना गरिन्छ । खुसी खुसी बाँच्न सकौं भनेर मनाइने यस पर्वले जीवनका अज्ञानरूपी अन्धकारलाई हटाएर प्रकाशको दिव्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश यस पर्बले दिएको हुन्छ ।
पर्वको अर्को पक्ष हो भाईटिका । दिदीबहिनीलाई टिका लगाईदिने र मिष्ठान परिकार खुवाउने, मखमली फूलको माला लगिदिने आदि । मनोहर व्यवहारले भाईबहिनीको प्रेमको उजागर गरेको छ । यमराजलाई बहिनी यमुनाले बारबार बोलाउँदा पनि व्यस्तताले बहिनीको घरमा नआएको हुँदा यसैदिनको लागि बहिनी यमुनाले घर आउनको लागि वचन दिन्छिन् । यमराज पनि यमुनाको घरमा पुग्छिन । बहिनीले भाइ यमराजले स्नान गर्न लगाएर, तेल लगाईदिइन । टिका र माला पनि लगाई दिइन् । बहिनीको प्रेम पूर्ण सम्मानले यमराज अतिशय प्रसन्न भएर वरदान माग्नको लागि आग्रह गरे । यमुनाले हरेक वर्ष आफ्नो घरमा आई पुञ्ज स्वीकार गर्न बिन्ति गरिन । यमराजले तथास्तु भनेर बिदा भए । हरेक वर्ष बहिनीको घरमा जान थाले । यसै पौराणिक कथाको आधारमा हामी यो पर्वलाई मनाउने गर्दछौँ । यस दिन भाई पूजा गर्नाले यमराजको भय हुँदैन भन्ने पौराणिक मान्यता छ ।[6]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.