From Wikipedia, the free encyclopedia
ट्वान्टी२० अन्तर्राष्ट्रिय (टि२०आइ उच्चारण "टि ट्वान्टी आइ") क्रिकेटको एउटा रूप हो जुन दुई राष्ट्रिय क्रिकेट टिम बीच खेलिने २० ओभरको एउटा प्रतियोगिता हो । यो खेल ट्वान्टी२० क्रिकेटको नियम अन्तर्गत खेलिन्छ । पहिलो ट्वान्टी२० अन्तर्राष्ट्रिय खेल १७ फेब्रुअरी २००५ मा अस्ट्रेलिया तथा न्यू जील्यान्ड बीच इडेन पार्क अकल्यान्डमा खेलिएको थियो जसमा अस्ट्रेलिया ४४ रनले बिजयी भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले पहिलो आधिकारिक क्रमाङ्क सन् २०११ अक्टोबर २४ मा जारि गर्दा इङ्ल्यान्ड शिर्ष स्थानमा रहेको थियो ।[1]
टेस्ट क्रिकेट खेल्ने १० राष्ट्र (जो आइसीसीको पूर्ण सदस्य पनि हुन्) लाई स्थायी टि२०आइ दर्जा प्राप्त छ । तल उल्लेखित टिमहरूको पहिलो टि२०आइ सुरु गरेको मिति कोष्ठमा दर्साइएको छ:
सन् २००५बाट आइसीसीले ओडीआई तथा टि२०आई दर्जा ६ अन्य टिमहरू (एसोसिएट/संबद्ध सदस्यहरूको रूपमा रहेको)लाई दिंदै आएको छ । कुनै पनि टिमले सो अस्थायी दर्जा ४ वर्षको लागि प्राप्त गर्न आइसिसी क्रिकेट लिग चौ वर्षीय प्रदर्शनको आधारमा प्राप्त गर्न सक्छन – वा, आइसिसी विश्वकप छनौट प्रतियोगिताको अन्तिम ६ टिम बनेर प्राप्त गर्न सक्छन । आइसिसी विश्वकप छनौट प्रतियोगिता विश्व क्रिकेट लिगको अन्तिम प्रतियोगिता हो । सन् २०१४ जुन २८ मा आइसिसीले नेपाल तथा नेदरल्यान्डलाई टि२०आई दर्जा प्रदान गरेको थियो, दुवै टिम जुन २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीमा छनौट तथा सहभागी भएका थिए ले ओडीआई दर्जा प्राप्त गर्न असक्षम भएका थिए ।[2] निम्नलिखित ८ टिमहरू वर्तमानमा यस दर्जा प्राप्त गरेका छन् (कोष्ठकमा दिइएको मितिले उनीहरूले अस्थायी ओडीआई तथा टि२०आई दर्जा प्राप्त गरेपछी खेलेको पहिलो टि२०आई म्याच दर्साइएको छ ):
लगत्तै, चार अन्य एसोसिएट राष्ट्र विश्व क्रिकेट लिगमा राम्रो प्रदर्शन गरेको आधारमा अस्थायी एकदिवसीय र टि२०आई दर्जा दिइएको थियो जुन पछि विश्वकप छनौटमा स्तरीय प्रदर्शन नगरेकोले हटाइएको छ :
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.