ज्यामिति गणितको एउटा महत्त्वपूर्ण हाँगा मानिन्छ जसमा आकार, नाप तौल र वस्तुको स्थानको विृस्तित अध्ययन गरिन्छ । अर्को शब्दमा भन्नु पर्दा रेखाहरू,कोणहरू र तिनबाट निर्मित आकृतिहरूको अध्ययन गर्ने विज्ञान पनि ज्यामिति हो । केही सामान्य आकारहरू जस्तै वृत, चर्तुभुज र त्रिभुज ज्यामितिमा अध्ययन गरिने महत्त्वपूर्ण आकारहरू हुन् । घन, वेलना र गोला जस्ता केही जटिल आकारहरू पनि यसमा अध्ययन गरिन्छ । यसको मदतबाट विभिन्न आकारहरूको क्षेत्रफल र परिमिति निकाल्न सकिन्छ साथसाथै ठोस वस्तुहरू जस्तै घन, वेलना र गोलाहरूको पनि सतहको क्षेत्रफल र आयतन निकाल्न सकिन्छ ।

परिचय

उत्पति

यसको उत्पतिको बारेमा कुरा गर्दा यो सामान्य जमीनको नाप गर्ने प्रवृतिबाट सुरुवात भएको मानिन्छ । जसको मदतले गर्दा सामान्य स्तरका जनताहरूले सजिलै जमीनको नापन गर्न सक्थे । सामान्य सुरुवात भएपनि अहिलेको वर्तमान परिस्थितिमा यसको उपयोगिता र बिषयको अध्ययन बढ्दो क्रममा छ । ग्रीकका महान गणीतिज्ञ युक्लिडद्वारा ज्यामितिको पहिलो किताब लेखिएको थियो ।

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.