![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d7/Slugs_1896.png/640px-Slugs_1896.png&w=640&q=50)
चिप्लेकीरा
From Wikipedia, the free encyclopedia
चिप्लेकीरा ढाडमा हाड नभएको जीव हो। साधरणतया ढाडमा बाह्य खबटा नहुने अथवा धेरै सानो खबटा हुने मोलस्का परिवारका ग्यास्ट्रोपोड वर्गका जीवहरू चिप्लेकीरा नामले चिनिन्छन्। यही खबटा नहुने कारणले चिप्लेकीराहरूलाई शङ्खेकिराहरूबाट अलग्याएको हो। वैज्ञानिकहरूका अनुसार सबै चिप्लेकीराहरूका वंशज शङ्खेकिराहरूबाट खबटाको आकार घट्दै गएर विकाश भएका हुन्। सतहीरूपमा शरीरको बनावट उस्तै देखिएपनि चिप्लेकीराहरूका विभिन्न प्रजातिहरूको वंशणुगत सम्बन्ध भने त्यति नजीकको छैन। चिप्लेकीराहरू जमिन तथा समुन्द्र दुवैठउमा पाइएपनि साधारणतया जमिनमा पाइने खबटारहित ग्यास्ट्रोपोडहरू चिप्लेकीरा भनेर चिनिन्छन्। जमिनमा पाइने केही चिप्लेकीराहरूका शरीरमा अत्यन्तै सानो आकारको खबटाहरू हुन्छन्, यस्ता चिप्लेकीराहरूलाई अङ्ग्रेजीमा semislugs भनेर चिनिन्छ। यी जीवहरूको विकाश क्रममा अन्य ग्यास्ट्रोपोडहरूको जस्तै भित्री अङ्गहरू बटारिने गर्दछ। चिप्लेकीराहरूको जिऊ अत्यन्तै नरम र चिप्लो खालको हुन्छ। यहि चिप्लोपनाले यसलाई एक स्थानबाट अर्को स्थानसम्म जानलाई सहयोग गर्छ, त्यसैले जमिनमा पाइने चिप्लेकीराहरू आर्द्रता धेरै भएको स्थानमा मात्र हिंडडुल गर्छन् र सुख्खा मौसममा ओशिलो स्थानहरूमा गएर लुक्ने गर्दछन्।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d7/Slugs_1896.png/640px-Slugs_1896.png)