![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e7/Charlie_Puth.jpg/640px-Charlie_Puth.jpg&w=640&q=50)
चार्लि पुथ
From Wikipedia, the free encyclopedia
चार्ल्स अटो पुथ जुनियर (जन्म:२ डिसेम्बर १९९१) एक अमेरिकी गायक, गीतकार तथा रेकर्ड निर्माता हुन्। प्रारम्भिक रूपमा सामाजिक सञ्जाल युट्युब मार्फत गीतहरू सार्वजनिक गर्दै उनी चर्चामा आएका थिए।सुरुमा इलाभेनइलाभेन नामक एक रेकर्ड लेबलसँग हस्ताक्षर गरेका पुथले एलेन डिजेनेरस कार्यक्रममा प्रदर्शन गरिसकेपछि अन्य कलाकारहरू जस्तै कोडी सिम्पसन , लिभिन्स्टन टेलर, र स्किज्जी मार्सको लागि गीत तथा गिती सङ्ग्रहहरूमा योगदान दिन सुरु गरेका थिए। यसका साथै उनले छोटो एकल सामग्री र लोकप्रिय गीतहरूको कभर गीतहरू सृजना गरेका थिए।
चार्ली पथ | |
---|---|
![]() चार्ली पथ २०१७ मा | |
जन्म | चार्ल्स अटो पथ जेआर. (1991-12-02) २ डिसेम्बर १९९१ (उमेर ३२) रुम्सन, न्यू जर्सि, यु.एस. |
पेशा |
|
साङ्गीतिक जीवन | |
विधा |
|
वाद्ययन्त्र |
|
सक्रिय वर्ष | २००९–हाल |
लेबल |
|
वेबसाइट | charlieputh |
एकल कार्यमा ध्यान दिने प्राथमिक अभिप्रायका साथ, एट्लान्टिक रेकर्ड्सले अन्ततः उनको खोजी गरेको थियो र सन् २०१५ मा उनले मेघन ट्रेनरको विशेषता रहेको आफ्नो पहिलो गीत "मार्भिन गे " सार्वजनिक गरेका थिए। उनले सह रूपमा लेखेको र उत्पादन गरेको "सि यु अगेन" नामक गीतमा उनले अमेरिकी र्यापर विज खलिफाको सहकार्यमा प्रस्तुत गरेका थिए जहाँ यस गीतलाई पल वाकरको श्रद्धाञ्लिको रूपमा फ्युरियस ७ को लागि चुनिएको थियो। गीत अमेरिकी बिलबोर्ड हट १००को शीर्ष स्थानमा लगातार १२ हप्तासम्म रहेको थियो। "सि यु अगेन"को प्राथमिक सफलता पश्चात् उनले "वान कल अवे" सहित तालिकाको शीर्ष २० मा, परेका विभिन्न गीतहरू सार्वजनिक गरेका थिए जस मार्फत उनले विश्वव्यापी रूपमा ख्याति प्राप्त गरेका थिए। यो गीत अमेरिकी बिलबोर्ड तालिकाको शीर्ष १० मा, देखा परेको थियो जहाँ गीत न्युजिल्यान्ड, आयरल्यान्ड, र संयुक्त अधिराज्यमा शीर्ष स्थानमा रहेको थियो।
पुथको पहिलो गिती सङ्ग्रह "नाइन ट्र्याक माइन्ड" जनवरी २०१६ मा, सार्वजनिक गरिएको थियो जहाँ यसले समालोचकहरूबाट आलोचनात्मक प्रतिक्रिया प्राप्त गरेको थियो भने यसमा समावेश गीत "वान बल अवे" र सेलेना गोमेसको सहकार्यमा तयार पारिएको गीत "वि डन्ट टक एनिमोर" क्रमश: अमेरिकी साङ्गीतिक तालिकाको शीर्ष ९ र १२ मा, पुगेको थियो। सन् २०१७ मा, उनले क्रमश: "एटेन्सन" र "हाउ लङ" नामक दुईवटा गीत सार्वजनिक गरेका थिए जहाँ गीत बिलबोर्ड तालिकाको शीर्ष पाँचमा पुगेको थियो। यी दुईवटै गीतहरू उनको दोस्रो गिती सङ्ग्रह भ्वाइसनोट्स (सन् २०१८) मा, समावेश गरिएको थियो जहाँ गीतहरूले समालोचकहरूबाट सकारात्मक प्रतिक्रियाहरू प्राप्त गरेका थिए। यस गिती सङ्ग्रह बिलबोर्ड २००को चौथो स्थानमा पुगेको थियो। सन् २०१९ मा, पुथले "आइ वार्न्ड माइसेल्फ" "मदर" र "चिटिङ अन यु" लगायतका गीतहरू सार्वजनिक गरेका थिए।