From Wikipedia, the free encyclopedia
घोडा (अश्व) मानिसको नजिकभएको संसारको सबै भन्दा प्राचीन स्तनधारी घरपालुवा जनावर हो, जसले अज्ञात काल देखि मानिसको कुनै न कुनै रूपमा सेवा गरेको छ। घोडा ईक्यूडी (Equidae) परिवार अंतर्गत पर्दछ। यस परिवारमा घोडाको अतिरिक्त वर्तमान युगको गधा, जेब्रा, टट्टू एवं खच्चड पनि पर्दछन। आदिनूतन युग (Eosin period)को ईयोहिप्पस (Eohippus) नामक घोडाको प्रथम पूर्वज देखि लिएर आज सम्मको सारा पूर्वज र सदस्य त्यहि परिवारमा सम्मिलित छन्। यसको वैज्ञानिक नाम ईक्वस (Equus) ग्रिक शब्दबाट लिईएको हो, जसको अर्थ घोडा हुन्छ, तर यस परिवारको दोस्रो सदस्य ईक्वस जातिको नै अन्य छ: उपजातिहरूमा विभाजित छन्। अत: केवल ईक्वस शब्दले घोडाको अभिहित गर्न उचित छैन। आजको घोडाको सही नाम ईक्वस कैबेलस (Equus caballus) हो। यसको पाल्तू र जंगली दुबै प्रजातिका घोडालाई त्यहि नामले नै चिनिने गर्छन। यद्धपि, मध्य एसियाको पश्चिमी मंगोलिया र पूर्वी तुर्किस्तानमा पाईने ईक्वस प्रज्वेलस्की (Equus przwalski) नामक घोडाको वास्तविक जंगली घोडा मानिछन। दक्षिण अफ्रिकाको जंगलहरूमा आज पनि घोडा बृहत झुण्डमा पाइन्छन्, जहाँ एक भाले र धेरै पोथीहरू रहन्छ। सबै भन्दा अधिक १,००० सम्म घोडा एक साथ जंगलमा पाईने गरेका छन्। यिनीहरू सबै घोडा ईक्वस कैबेलसको नै पूर्वज हुन। एक झुण्डको घोडा दोस्रो झुण्डमा जाने र उनिहरूलाई कुनै ब्यबधान पुर्याउने काम गर्दैन। खतराको समयमा भाले चारै तर्फबाट पोथीहरूलाई घेरेर बस्छन र आक्रमणकारीको सामना गर्छन। एसियामा एकदम संख्यामा यिनको ठिगने कदको जंगली सम्बन्धी ५० देखि लिएर सयौंको संख्यामा झुंडहरूमा बस्छन। मानिसले आफ्नो आवश्यकता अनुसार यिनीहरूलाई घरपालुवा बनाउने गर्छन।
घोडा | |
---|---|
घरपालुवा घोडा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | |
उपप्रजाति: | E. f. caballus |
त्रिपद नाम | |
Equus ferus caballus (लिन्नेअस), १७५८ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.