From Wikipedia, the free encyclopedia
खाडी सहयोग परिषद् [2] (अरबी: مجلس التعاون لدول الخليج العربية), फारसको खाडीले घेरिएका देशहरूको क्षेत्रीय समूह हो।[3][4] यसका सदस्य देशहरू बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स हुन्। यसको मुख्यालय रियाद, साउदी अरबमा अवस्थित छ।[5] यसको आधिकारिक भाषा अरबी हो। यसको बडापत्र २५ मे १९८१ मा हस्ताक्षर गरिएको थियो जसले औपचारिक रूपमा संस्थाको स्थापना गरेको थियो।[6]
खाडी सहयोग परिषद् مجلس التعاون لدول الخليج العربية | |
---|---|
सदस्य राष्ट्रहरू सहितको नक्सा | |
प्रधान कार्यालय | कुवेत सहर, कुवेत |
आधिकारिक भाषाहरू | अरबी |
किसिम | व्यापार गुट |
सदस्यता | |
नेताहरू | |
• महासचिव | जसिम मोहम्मद अल-बुदावी |
• सर्वोच्च परिषद् अध्यक्ष | संयुक्त अरब इमिरेट्स[1] |
स्थापना | २५ मे १९८१ |
क्षेत्रफल | |
• जम्मा | २६,७३,१०८ किमी२ (१०,३२,०९३ वर्ग माइल) |
• पानी (%) | ०.६ |
जनसङ्ख्या | |
• सन् २०२१ अनुमानित | ६५,५०७,०००[lower-alpha 1] (२५औँ) |
• घनत्व | २१.१३ /किमी2 (५४.७ /वर्ग माइल) (१६२औँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२१ लगत |
• जम्मा | $३.६५५ खर्ब (नवौँ) |
• प्रति व्यक्ति | $७१,२०० (दसौँ) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२१ लगत |
• जम्मा | $२.२५० खर्ब[lower-alpha 1] (सातौँ) |
• प्रति व्यक्ति | $३४,३००[lower-alpha 1] (३५औँ) |
गिनी (सन् २०१२) | २८.७ न्यून |
मानव विकास सूचकाङ्क (सन् २०१८) | ०.८४० धेरै उच्च · ४५औँ |
मुद्रा | ६ मुद्रा
|
समय क्षेत्र | युटिसी+३ देखि युटिसी+४ |
सबै वर्तमान सदस्य राष्ट्रहरू राजतन्त्रात्मक शासन छ, तीन (कतार, कुवेत, र बहराइन) मा संवैधानिक राजतन्त्र छ भने,[7][8] दुई (साउदी अरब र ओमान) मा पूर्ण राजतन्त्र छ, संयुक्त अर्ब इमिरेट्स (सातवटा इमिरेट्समा प्रत्येक इमिरेट्समा अमिर सहितको पूर्ण राजतन्त्र छ) सङ्घीय राजतन्त्र छ। जोर्डन, मोरोक्को र यमनको भावी सदस्यताका बारेमा पनि छलफल भएको थियो।[9][10]
कुवेत सरकारले विशेष सांस्कृतिक र ऐतिहासिक बन्धनले जोडिएका ६ अरब खाडी राष्ट्रहरूलाई एउटै मञ्चमा ल्याउन एउटा सङ्गठनको प्रस्ताव गरेको थियो। सोही प्रस्ताव अनुसार सांस्कृतिक, सामाजिक, आर्थिक र वित्तीय क्षेत्रमा सहकारी प्रयासको सुझाव दिने रियाद सम्झौता जारी भएको थियो। मे २५-२६, १९८१ मा ६ खाडी देश ( बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स) का राष्ट्र अध्यक्षहरूले अबु धाबी (संयुक्त अरब इमिरेट्स) मा परिषद्को संविधानमा हस्ताक्षर गरेका थिए। यसरी खाडी सहयोग परिषद् अस्तित्वमा आएको थियो।
बहराइनको अशान्तिको बीचमा, साउदी अरब र संयुक्त अरब इमिरेट्सले विद्रोहलाई रोक्न बहराइनमा सेना पठाएका थिए। कुवेत र ओमानले सेना पठाउन अस्वीकार गरेका थिए।
डिसेम्बर २०११ मा, साउदी अरबले खाडी सहयोग परिषद्लाई एक महासङ्घ बनाउने प्रस्ताव गरेको थियो। अन्य देशहरूले प्रस्तावमा आपत्ति जनाएकन थिए।
१.सदस्य राष्ट्रहरूबीच एकता ल्याउन सबै क्षेत्रमा समन्वय, एकीकरण र सहयोग स्थापना गर्ने;
२.सबै क्षेत्रमा सदस्य राष्ट्रका नागरिकहरू बीचको विद्यमान सहयोगलाई सुदृढ र गहिरो बनाउन;
३. सबै क्षेत्रमा समान संयन्त्रको विकास गर्ने, र;
No. | Image | नाम | देश | कार्यकाल |
---|---|---|---|---|
1 | अब्दुल्लाह बिशहरा[11] | Kuwait | 26 मई 1981 – अप्रैल 1993 | |
2 | फहीम बिन सुल्तान अल कासिमी[12] | United Arab Emirates | अप्रैल 1993 – अप्रैल1996 | |
3 | जमील इब्राहिम हैजालेन[13] | Saudi Arabia | अप्रैल 1996 – 31 मार्च 2002 | |
4 | अब्दुल रहमान बिन हामाद अल अत्तीयाह[14] | Qatar | 1 अप्रैल 2002 – 31 मार्च 2011 | |
5 | अब्दुल्लातिफ बिन राशीद अल जायनी | Bahrain | 1 अप्रैल 2011 – | |
6 | Nayef Falah Mubarak Al Hajraf | Kuwait | 1 February 2020 – वर्तमान | |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.