क्विन्सल्यान्ड (छोटकरीमा क्युएलडी), अस्ट्रेलियाको दोस्रो ठूलो र तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य हो। यो देशको उत्तर-पूर्वी भागमा अवस्थित छ। यसको सिमाना पश्चिममा नर्थन टेरिटरी, दक्षिण-पश्चिममा दक्षिण अस्ट्रेलिया र उत्तरमा न्यु साउथ वेल्ससँग गाँसिएको छ। यसको सिमाना पूर्वमा कोरल समुन्द्रप्रशान्त महासागरसँग गाँसिएको छ। यसको उत्तरमा टोरेस जल सन्धि पर्छ यसका साथै पपुवा न्युगिनी मुख्य भूमिबाट २०० किलोमिटर भन्दा कममा यस जल सन्धिमा अवस्थित छ। यो क्षेत्रफलको आधारमा विश्वकै छैटौँ ठूलो राज्य हो जसको क्षेत्रफल १,८५२,६४२ वर्ग किलोमिटर वा (७१५,३०९ वर्ग माइल) छ।

छरितो तथ्यहरू क्विन्सल्यान्ड, Demonym(s) ...
क्विन्सल्यान्ड
Nickname(s): 
द सनसाइन स्टेट (अनुवाद - सूर्यको चमक राज्य)
Motto: 
आदेक्स एत फिदेलिस
(बोल्ड बट फेथफुल)
ब्युटिफूल वान डे पर्फेक्ट द नेक्स्ट
Demonym(s)क्विन्सल्यान्डर,
बनना बेन्डर (स्थानीय)
 Water (%)
६.५८
Time zoneयुटीसी+१० (अस्ट्रेलियाली समय)
Websitewww.qld.gov.au
बन्द गर्नुहोस्

१५ मे २०१८ मा, क्विन्सल्यान्डको जनसङ्ख्या ५० लाख भएको थियो।[1] यस राज्यको जनसङ्ख्या दक्षिणी पूर्वी तटीय क्षेत्रमा केन्द्रीय छ। राज्यको राजधानी र सबैभन्दा ठूलो सहर ब्रिसबेन हो जून चाहिँ अस्ट्रेलियाको तेस्रो ठूलो सहर हो। यस राज्यलाई "सनसाइन स्टेट" (नेपालीमा अनुवाद - सूर्यको चमक राज्य) पनि भनिन्छ। यो अस्ट्रेलियाको तेस्रो ठूलो अर्थतन्त्र भएको राज्य हो। यस राज्यको पर्यटनमा यहाँको न्यानो उष्ण जलवायु र मुख्य उद्योगले टेवा पुर्‍याएको छ।

क्विन्सल्यान्डमा पहिलो पटक अस्ट्रेलियाका आदिवासी र टोरेस जलसंयोगीका टापुवासीहरूले बसोबास गरेका थिए।[2][3] क्विन्सल्यान्ड र अस्ट्रेलियामा अवतरण गर्ने पहिलो युरोपेली भनेका नेदरलन्दी अन्वेषक विलेम जान्सजुन थिए जसले वर्तमान वेपाको नजिकै केप योर्क प्रायद्वीपको पश्चिमी तटको अन्वेषण गरेका थिए। सन् १७७० मा, नौसेना जेम्स कुकले अस्ट्रेलियाको पूर्वी तट बेलायतको लागि भएको दावी गरेका थिए। न्यु साउथ वेल्स उपनिवेशलाई सन् १७८८ मा, सिड्नीमा गभर्नर आर्थर फिलिपले स्थापना गरेका थिए। न्यु साउथ वेल्सले त्यसबेला हालको क्विन्सल्यान्ड, भिक्टोरिया र तस्मानियाको समावेश गर्दथ्यो। सन् १८२४ मा जोन अक्सलेले ब्रिस्बेनमा उपनिवेश स्थापना नगरुञ्जेल त्यसपछिका दशकहरूमा क्विन्सल्यान्डको खोजी गरिएको थियो। यहाँ सन् १८३९ सम्म यातायात बन्द गरिएको थियो र सन् १८४२ देखि नि: शुल्क वस्ती बसाल्नका लागि अनुमति दिइयो।

यस राज्यको नाम रानी भिक्टोरियाको सम्मानमा नामकरण गरिएको थियो जसले ६ जून १८५९ मा साउथ वेल्सबाट यसलाई छुट्ट्याउनका लागि हस्ताक्षर गरेकी थिइन्।[4] क्विन्सल्यान्ड दिवस प्रत्येक वर्ष ६ जूनमा राज्यव्यापी रूपमा मनाइन्छ। क्विन्सल्यान्ड १ जनवरी १९०१ मा, सङ्घको साथ अस्ट्रेलियाको संस्थापक राज्यहरू बन्न पुगेको थियो भने यो ६ वटा उपनिवेशहरू मध्ये एक रहेको थियो।

इतिहास

क्विन्सल्यान्डको इतिहास हजारौँ वर्ष अघिबाट सुरुवात भएको थियो जसले लामोसमय सम्मको आदिवासीको उपस्थितिका साथसाथै युरोपेली उत्तरपश्चिम वस्तीको घटनाको समयलाई समेटेको छ।[5] उत्तर पूर्वी अस्ट्रेलियाको क्षेत्र नेदरलन्दी, स्पेनी र फ्रान्सेली अन्वेषकहरू अन्वेषण गरेका थिए भने यसलाई सन् १७७० मा नौसेना जेम्स कुकले अन्वेषण गरेका थिए। यस राज्यमा युरोपेलीको वसोवासका साथै त्यहाँका आदिवासीहरूका बीच सीमित लडाई भएको थियो जसको परिणामस्वरूप कुनै सम्झौता वा सन्धि भनेको भएको थिएन।[6] अस्ट्रेलियाली श्रमिक दलको क्विन्सल्यान्डमा एक औपचारिक सङ्गठन रहेको छ। जून २००९ मा न्यु साउथ वेल्सबाट छुट्टिई एक स्वतन्त्र राज्य भएको उपलक्ष्यमा यसले आफ्नो १५०औँ वार्षिकोत्सब मनाएको थियो।[7]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.