![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c1/Kandy_lake.jpg/640px-Kandy_lake.jpg&w=640&q=50)
क्यान्डी
From Wikipedia, the free encyclopedia
क्यान्डी (सिंहली: මහ නුවරcode: si is deprecated [ˈkaɳɖi]) श्रीलङ्काको मध्य भागमा अवस्थित एक सहर हो। यो सहर कोलम्बोबाट १ सय १५ किलोमिटर टाढा तथा समुद्री सतहदेखि ४ सय ६५ मिटर उचाइमा छ। यो श्रीलङ्काको पुरानो केन्द्रीय राजधानी हो। यसको वास्तविक नाम महा नुवारा अर्थात् महाननगर हो। चौधौँ शताब्दीमा स्थापना भएको यो सहरका पुराना महलहरूमा औपनिवेशिक झलक देख्न पाइन्छ। यो सहरको डाल्दा मालिगावा (टेम्पल अफ टुथ) विश्व सम्पदा क्षेत्रमा पनि सूचीकृत छ। यहाँ गौतम बुद्धको एउटा दाँत राखिएको विश्वास गरिन्छ। प्रत्येक वर्ष जुलाई-अगस्टमा यहाँ आयोजना हुने क्यान्डी पेराहेरा कार्यक्रममा उक्त दाँत मानिसहरूको अवलोकनका लागि निकालिन्छ। कार्यक्रमका क्रममा बजाइने बाजा, नृत्य एवं हात्तीहरूको लस्कर विश्वभर परिचित छ। यो सहरमा हेर्नलायक थुप्रै स्थलहरू छन्। यात्राको सुरुवात टेम्पल अफ टुथबाट सुरु गर्न सकिन्छ जुन विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ। यहाँ गौतम बुद्धको एउटा दाँत राखिएको छ। प्रत्येक वर्ष जुलाई-अगस्टमा यहाँ आयोजना हुने क्यान्डी पेराहेरा कार्यक्रममा उक्त दाँत मानिसहरूको दर्शनका लागि निकालिन्छ। कार्यक्रमका क्रममा बजाइने बाजा, नृत्य एवं हात्तीहरूको लस्कर विश्वभर परिचित छ। मन्दिरसँगै रहेको महलको एक भागमा पुरातन सङ्ग्रहालय बनाइएको छ। टेम्पल टुथको नजीकै क्यान्डी ताल छ। क्यान्डीलाई राम्रोसँग हेर्न भ्यु टावर जानुपर्छ। यहाँ प्राकृतिक सुन्दरताका साथै मनैदेखि शान्ति महसुस हुन्छ। क्यान्डीमा बेलुकीको समयमा सञ्चालन हुने कल्चरल शो हेर्न छुटाउनु हुँदैन जसको सुरुवात पाँच वटा फरक-फरक बाजाबाट सुरु हुन्छ। गुरूलाई समर्पण गरिएको कोब्रा डान्ससँगै अन्त्य हुने यो कार्यक्रममा रोमाञ्चकारी आगोको खेल पनि देखाइन्छ। यसमा कलाकारहरूले कोइलामा हिँड्ने र बलिरहेको अगुल्टो शरीरमा लगाउने खेल पनि देखाउँछन्। पत्थरप्रेमी माइनिङ वर्कसप हेर्न बिर्सनु हुँदैन। दम्बुलाको गुफा मन्दिर पनि दर्शनयोग्य छ जुन पौराणिक अजन्ता अलोराको समयको मानिन्छ। यो गुफालाई भगवान् बुद्धको जीवन्त मूर्तिद्वारा सजीव बनाइएको छ। क्यान्डीबाट कोलम्बो जाने बाटोबाट बाहिर निस्कनासाथ पिरदेनिया बोटानिकल बगैँचा छ। १ सय ४७ हेक्टरमा फैलिएको यो बगैँचामा ४ हजारभन्दा बढी प्रजातिका रुख-बिरुवा छन। त्यहाँको बम्बु सङ्ग्रहालय वर्णनयोग्य छ। एलिफेन्ट आर्फनेजमा हात्तीले बोतलबाट दूध पिएको, खाना खाएको र पानीमा पौडिएको दृश्य हेर्न सकिन्छ। क्रिकेट स्टेडियम पनि पर्यटकका लागि लोकपि्रय छ।
क्यान्डी
මහ නුවර கண்டி | |
---|---|
सहर | |
![]() | |
देश | ![]() |
प्रदेश | मध्य प्रदेश |
जिल्ला | क्यान्डी |
क्यान्डी नगरपालिका निगम | १८६५ |
सरकार | |
• प्रकार | नगरपालिका निगम |
• अङ्ग | क्यान्डी नगरपालिका निगम |
• मेयर | महिन रवाट्टी |
क्षेत्रफल | |
• जम्मा | १,९४० किमी२ (७५० वर्ग माइल) |
• जमीन | १,९१७ किमी२ (७४० वर्ग माइल) |
• पानी | २३ किमी२ (९ वर्ग माइल) |
उन्नतांश | ५०० मिटर (१६०० फिट) |
जनसङ्ख्या (२००१) | |
• जम्मा | ११०,०४९ |
• घनत्व | ५७/किमी२ (१५०/वर्ग माइल) |
वासिन्दा | Kandyan |
समय क्षेत्र | युटिसी+०५:३० (श्रीलङ्का समय) |
वेबसाइट | www |