कृष्णलाल अधिकारी
From Wikipedia, the free encyclopedia
कृष्णलाल अधिकारी(वि.सं. १९४४-१९८०) नेपालका प्रथम साहित्यिक सहिद हुन्। राणा कालमा मकैको खेती नामक पुस्तक लेखे वापत उनलाई थुनियो र कारागारमा नै उनको निधन भयो। कृष्णलाल अधिकारीको जन्म वि.सं. १९४४ माघ २४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा भएको थियो। उहाँ लक्ष्मणराज अधिकारी र इन्द्रकुमारी अधिकारीका माहिला छोरा हुनुहुन्थ्यो। १३ वर्षको उमेरमा कृष्णलालको विवाह रामेछापमा नै धर्मकुमारी सुवेदीसँग भएको थियो। उहाँका १ छोरा २ छोरी थिए। धर्मपत्नीको वि.सं. १९७७ वैशाख २१ गते निधन भयो।
छरितो तथ्यहरू कृष्णलाल अधिकारी, जन्म ...
कृष्णलाल अधिकारी | |
---|---|
जन्म | (१८८८-०२-०५)५ फेब्रुअरी १८८८ रामेछाप जिल्ला |
मृत्यु | ९ डिसेम्बर १९२३(1923-12-09) (उमेर ३५) काठमाडौँ |
राष्ट्रियता | नेपाली |
पेशा | लेखक |
उल्लेखनीय कार्य | मकैको खेती |
बन्द गर्नुहोस्