![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/1f/Aurangzeb_reading_the_Quran.jpg/640px-Aurangzeb_reading_the_Quran.jpg&w=640&q=50)
औरङ्गजेब
From Wikipedia, the free encyclopedia
अबुल मुजफ्फर मुहिउद्दीन मुहम्मद औरंगजेब आलमगीर (४ नोभेम्वर १६१८ - ३ मार्च १७०७) जसलाई सामान्यतया: औरंगजेब वा आलमगीर (स्वंयलाई दिएको शाही नाम जसको अर्थ हुदछ विश्व विजेता)को नामबाट जानिन्थ्यो भारतमा राज्य गर्ने छट्टौ मुगल शासक थिए। उनको शासन १६५८ देखी लिएर १७०७ मा उनको मृत्यु हुदासम्म चल्यो।
![]() | यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/1f/Aurangzeb_reading_the_Quran.jpg/320px-Aurangzeb_reading_the_Quran.jpg)
औरंगजेबले भारतीय उपमहाद्वीपमा आधा शताब्दीदेखी भन्दा ज्यादा समय सम्म राज्य गरे। उनी अकबर पछि सबभन्दा धेरै समय सम्म शासन गर्ने मुगल शासक थिए। आफ्नो जीवनकालमा उनले दक्षिणी भारतमा मुगल साम्राज्यको विस्तार गर्ने भरसक प्रयास गरे। तर उनको मृत्यु पश्चात मुगल साम्राज्य खुम्चिन थाल्यो।
औरंगजेबको शासनमा मुगल साम्राज्य आफ्नो विस्तारको चरमोत्कर्षमा पुग्यो । उनी आफ्नो समयको शायद सबभन्दा धनी र शातिशाली व्यक्ति थिए जसले आफ्नो जीवनकालमा दक्षिण भारतमा प्राप्त विजयको आधारमा मुगल साम्राज्यलाई साढे बारह लाख वर्ग मील मीलमा फैलाए र १५ करोड मानिसहरू माथि शासन गरे जो की विश्वको जनसङ्ख्याको १/४ थियो ।
औरंगजेबले पुरै साम्राज्यमा फतवा-ए-आलमगीरी (शरियत वा इस्लामी कानुनमा आधारित) लागू गरे र केही समयको लागि गैर-मुस्लिमहरू माथि अतिरिक्त कर पनि लगाए । गैर-मुसलमान जनता माथि शरियत लागू गर्ने उनी पहिला मुसलमान शासक थिए । उनले थुप्रै हिन्दू धार्मिक स्थलहरूलाई नष्ट गरे र गुरू तेग बहादुरको हत्या गराई दिए ।