From Wikipedia, the free encyclopedia
आल्प्स (जर्मनमा: Alpen; फ्रान्सेलीमा: Alpes; इटालियनमा: Alpi; स्लोभेनियनमा: Alpe) मध्य युरोपमा रहेको हिम शृङ्खला हो । आल्प्स पूर्वमा अस्ट्रिया र स्लोभेनिया देखि इटाली, स्विजरल्याण्ड, लिश्टेनस्टाईन र जर्मनी हुँदै पश्चिममा फ्रान्स सम्म फैलिएको छ ।
आल्प्स शब्द फ्रान्सेली भाषा हुँदै ल्याटिनको alpes (आल्पहरू)बाट आएको हो जुन ल्याटिन भाषाका अन्य शब्दहरू जस्तै altus (अग्लो), अथवा albus (सेतो)बाट बनेको हुन सक्तछ ।
आल्प्सको सबैभन्दा अग्लो पहाड मोन्ट ब्लाङ्क हो, जुन ४,८०८ मिटर अग्लो छ । पश्चिम युरोपको सबैभन्दा अग्लो यो पहाड फ्रान्स र इटालीको सिमानामा पर्दछ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.