आरण्यक
From Wikipedia, the free encyclopedia
आरण्यक हिन्दू धर्मका पवित्रतम र सर्वोच्च धर्मग्रन्थ वेदहरूको गद्य खण्डलाई भनिन्छ। यो वैदिक वांग्मयको तेस्रो भाग हो र वैदिक संहिताहरूमाथि दिएको भाष्यको स्तर हो। यी गद्यमा दर्शन र ज्ञानका बातहरू लेखिएका छन्, यी गद्यमा कर्मकाण्डका बारेमा केही पनि छैन। यसको भाषा वैदिक संस्कृत छ। वेद, मन्त्र तथा ब्राह्मणको सम्मिलित अभिधान हो। मन्त्रब्राह्मणयोर्वेदनामधेयम् (आपस्तंबसूत्र)। ब्राह्मणका तीन भागहरूमा आरण्यक अन्यतम भाग हो।
सायणको अनुसार यस नामकरणको कारण यो छ कि यी ग्रन्थहरूको अध्ययन अरण्य (जंगल)मा गरिन्थ्यो। आरण्यकको मुख्य विषय यज्ञभागहरूको अनुष्ठान नभएर त्यस अन्तर्गत अनुष्ठानहरूको आध्यात्मिक मीमांसा हो। वस्तुत: यज्ञको अनुष्ठान एक नितान्त रहस्यपूर्ण प्रतीकात्मक व्यापार हो र यस प्रतीकको पूरा विवरण आरण्यक ग्रन्थहरूमा दिइएकोछ। प्राणविद्याको महिमाको पनि प्रतिपादन यिनैं ग्रन्थहरूमा विशेष रूपले गरिएको छ। संहिताका मन्त्रहरूमा यस विद्याको बीज अवश्य उपलब्ध हुन्छ, परन्तु आरण्यकहरूमा यसैलाई पल्लवित गरिएकोछ। उपनिषद् आरण्यकमा सङ्केतित तथ्यहरूको विशद व्याख्या गरिएको छ। यस प्रकार संहिताबाट उपनिषदहरूको बीचको शृङ्खला यस साहित्य द्वारा पूर्ण गरिन्छ।