![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/92/Mahishasura_statue_at_the_Chamundeswari_Temple%252C_Mysuru%252C_Karnataka%252C_India_%25282004%2529.jpg/640px-Mahishasura_statue_at_the_Chamundeswari_Temple%252C_Mysuru%252C_Karnataka%252C_India_%25282004%2529.jpg&w=640&q=50)
असुर
From Wikipedia, the free encyclopedia
हिन्दू धर्मग्रन्थमा असुर ती मानिसहरु थिए जो 'सुर' (देवता)सँग संघर्ष गर्थे। धर्मग्रन्थमा उनीहरूलाई शक्तिशाली, अतिमानवीय, ' पात्रको रूपमा चित्रित गरिन्छ। उनीहरू असल र खराब दुवै गुण भएका असुरहरु भेटिन्छन । असल राम्रा गुण भएका असुरलाई 'अदित्य' तथा खराब नराम्रा गुण भएका असुरलाई 'दानव' पनि भनिने गरिन्छ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/92/Mahishasura_statue_at_the_Chamundeswari_Temple%2C_Mysuru%2C_Karnataka%2C_India_%282004%29.jpg/320px-Mahishasura_statue_at_the_Chamundeswari_Temple%2C_Mysuru%2C_Karnataka%2C_India_%282004%29.jpg)
'असुर' शब्दको प्रयोग ऋग्वेदमा लगभग १०५ पटक भएको छ। यसमा ९० स्थानमा यसको प्रयोग 'शोभन' अर्थमा गरिएको छ र केवल १५ स्थानमा 'देवताको शत्रु' भनेर उल्लेख गरिएको छ। 'असुर' का व्युत्पत्तिलभ्य अर्थ हुन्छ- प्राणवंत, प्राणशक्ति सम्पन्न ('असुरिति प्राणनामास्त: शरीरे भवति, निरुक्ति ३.८) ।