संयुक्त राज्य अमेरिकाको सङ्घीय सरकारको द्विसदनात्मक व्यवस्थापिकालाई अमेरिकी कंग्रेस (The United States Congress) भनिन्छ। सिनेट (Senate) एवं हाउस अफ रिप्रेजेन्टेटिब्स (House of Representatives) यसको दुई सदन हुन्। अमेरिकी कांग्रेसको बैठकहरु अमेरिकी राजधानी वासिङ्टन, डी.सी. मा अमेरिकी क्यापिटल हुन्छ। सिनेटर र प्रतिनिधिहरू प्रत्यक्ष चुनाव मार्फत छानिन्छन्, यद्यपि सिनेटमा रिक्त पदहरू गभर्नरको नियुक्तिद्वारा पूर्ति गर्न सकिन्छ। कांग्रेसमा ५३५ मतदान सदस्यहरू छन्: १०० सिनेटर र ४३५ प्रतिनिधि। सिनेटमा कुनै पनि प्रस्तावमा बाराबर मत भएको स्थितिमा मात्र ले मत हाल्न पाउँछ । प्रतिनिधिसभामा ६ गैर-मतदाता सदस्य छन् । [1]

छरितो तथ्यहरू अमेरिकी कंग्रेस United States Congress, प्रकार ...
अमेरिकी कंग्रेस
United States Congress
Thumb
प्रकार
प्रकारद्वि-सदनात्मक
सदनसिनेट
हाउस अफ रिप्रेजेन्टेटिब्स
इतिहास
स्थापितमार्च ४, १७८९
(२३५ वर्ष पहिले)
 (१७८९-०३-04)
पूर्ववर्तीCongress of the Confederation
नयाँ कार्यकालको सुरुवात
January 3, 2019
नेतृत्वकर्ता
अमेरिकी उप राष्ट्रपति / सिनेट अध्यक्ष
कमला ह्यारिस (R)
पदासीन: January 20, 2017
Speaker of the House
न्यान्सी पेलोसी (D)
पदासीन: जनवरी ३, २०१९ देखी
President pro tempore of the Senate
Chuck Grassley (R)
पदासीन: January 3, 2019
संरचना
सिट५३५ मत दिने सदस्य
  • १00 सिनेटर
  • ४३५ प्रतिनिधि
6 non-voting members
Thumb
सिनेट political groups
Thumb
हाउस अफ रिप्रेजेन्टेटिब्स political groups
निर्वाचन
सिनेट last election
November 6, 2018
हाउस अफ रिप्रेजेन्टेटिब्स last election
November 6, 2018
बैठक स्थल
Thumb
United States Capitol
वासिङ्टन, डी.सी.
संयुक्त राज्य अमेरिका
वेबसाइट
www.congress.gov
संविधान
अमेरिकी संविधान
बन्द गर्नुहोस्

अमेरिकी संविधानको धारा एकले कंग्रेसका सदस्यहरूको योग्यता तोकेको छ । उमेर कम्तिमा २५ वर्ष (हाउस अफ रिप्रेजेन्टेटिब्स) वा कम्तीमा ३० वर्ष (सिनेट) उमेरको हुनुपर्ने, कम्तिमा सात वर्ष (हाउस) वा नौ (सिनेट) वर्ष अमेरिकी नागरिक भएको हुनुपर्ने, र उनीहरूले प्रतिनिधित्व गर्ने राज्यको बासिन्दा हुनुपर्छ । दुबै सदनका सदस्यहरू असीमित संख्यामा पुन: निर्वाचनमा उठ्न सक्छन्।

संविधान

संयुक्त राज्यको संविधानको धारा एकले भन्छ, "यहाँ प्रदान गरिएका सबै विधायी शक्तिहरू संयुक्त राज्यको कांग्रेसमा निहित हुनेछ, जसमा सिनेटहाउस अफ रिप्रेजेन्टेटिब्स समावेश हुनेछ।" हाउस र सिनेट विधायी प्रक्रियामा समान साझेदार हुन् - दुवै सदनको सहमति बिना कानून लागू गर्न सकिँदैन। संविधानले प्रत्येक सदनलाई केही विशिष्ट शक्तिहरू प्रदान गरेको छ। सिनेटले सन्धिहरू अनुमोदन गर्छ र राष्ट्रपति नियुक्तिहरूलाई अनुमोदन गर्छ जबकि सदनले राजस्व वृद्धि बिलहरू सुरु गर्छ।

अधिकार

हाउस अफ रिप्रेजेन्टेटिब्सको विशेषाधिकारहरु निम्नांकित :

  • (१) आयसम्बन्धी विधेयकको प्रारम्भ,
  • (२) महाभियोग बहस,
  • (३) निर्धारित अवस्थामा राष्ट्रपतिको निर्वाचन।

सिनेट को विशेषाधिकार:

  • (१) उपराष्ट्रपतिको निर्वाचन,
  • (२) महाभियोगको फैसला,
  • (३) राष्ट्रपतिद्वारा गरिएको नियुक्तिहरूको अनुमोदन,
  • (४) विदेशी राज्यहरूसँग गरिएको सन्धि सम्झौता को अनुमोदन।

कंग्रेसको दुवै सदनको वर्णित विशेषाधिकार को अतिरिक्त केही अधिकार यस्ता छन् जुन दुवै सदनलाई समान रूपमा मिलेको छ र दुवै सदन मिलेर संविधान अन्तर्गत यसको प्रयोग गर्छन्।

यी अधिकार निम्नलिखित छन् :

  1. कांग्रेसको दुवै सदनलाई दुई-तिहाई बहुमतबाट संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने अधिकार,
  2. दुवै सदनको आफ्नो-आफ्नो निर्वाचनको समय, स्थान तथा निर्वाचनको तरिका निश्चित गर्ने,
  3. सङ्घीय कार्यपालिकाको विभिन्न विभाग तथा विभिन्न सङ्घीय पदाधिकारि को पदको निर्माणको अधिकार,
  4. न्याय सम्बन्धी कतिपय अधिकार पनि कंग्रेस अन्तर्गत छन्,
  5. परराष्ट्र-सम्बंध-सञ्चालन तथा अन्तरराष्ट्रीय मामला सम्बद्ध कतिपय अधिकार,
  6. कंग्रेसलाई १३ विषयहरूमा विधि निर्माणको अधिकार छ।

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.