हरिद्वार
हरिद्वार भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्दछ। यो ठाउँ हिन्दु धर्मावलम्बीहरूका लागि निकै प्रसिद्व मानिन्छ। हिन्दु धर्मावलम्बीकी पवित्र पावनी गङ्गा नदी हरिद्वारमा नै अवस्थित छन्। यहाँ प्रत्यक १२ वर्षमा कुम्भ मेला लाग्दछ। यहाँ मनसा देवी, चण्डी देवी, दक्ष प्रजापति मन्दिर लगायत साना ठुला हजारौँ मन्दिरहरू छन्। साँझ पखको गङ्गा आरती निकै मन मोहक हुन्छ। यहाँबाट ऋषिकेश, देहरादुन, मन्सुरी, बद्रीनाथ, केदारनाथ, गंगोत्री, यमनोत्री जान नजिकपर्दछ।
Read article
Nearby Places
हरिद्वार जिल्ला