सुरुङ्गा
सुरुङ्गा झापा जिल्लाको कन्काई नगरपालिकामा पर्ने एक व्यापारिक केन्द्र हो। पहिले सुरुङ्गा गाउँ विकास समितिको रूपमा रहेको यो ठाउँ र तत्कालिन सुरुङ्गा र घैलाडुवा गाविस मिलेर वि.स. २०७१ जेठदेखि कन्काई नगरपालिका बनेको हो। यो ठाँउ कन्काई नदिको पुर्वी तटमा अवस्थित छ। यो जिल्लाको मध्यभागमा रहेको एउटा महत्त्वपूर्ण स्थान हो । ऐतिहासिक, धार्मिक, पौराणिक एवं पर्यटकीय दृष्टिबाट यो स्थान उल्लेख्य रहेको छ तापनि अद्यावधि यसको अध्ययन, अनुसन्धान हुन सकेको देखिदैन। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २७४७० रहेको थियो जसमध्ये १२६१२ पुरुष र १४८५८ महिला रहेका थिए भने यहाँ १९३१ घरधुरी रहेको थियो।
Read article