Map Graph

फिफा

फिफा अन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासङ्घको संक्षिप्त रूप हो, जुन एउटा अन्तराष्ट्रिय सङ्घ हो जसले अन्तराष्ट्रिय फुटबल खेलमाथि नियन्त्रण राख्दछ । । यसको मुख्य कार्यालय ज़्यूरिख़, स्वीट्जरल्याण्डमा छ, र हाल यसको अध्यक्ष जियानी इन्फान्टिनो हुन । फिफाले अन्तराष्ट्रिय फुटबलको ठूला ठूला प्रतियोगिताको आयोजन गर्छ, र त्यस मध्ये प्रख्यात रहेको एउटा प्रतियोगिता हो फिफा विश्वकप, जुन सन् १९३० मा शुरु गरियो । फिफाको स्थापना मे २१,१९०४ मा पेरिसमा भएको थियो र यसमा २०८ अन्तराष्ट्रिय सङ्गठनहरू सदस्य छन् । यस संघको अधिकारिक भाषाहरू अङ्ग्रेजी, फ्रान्सिसी, जर्मन र स्प्यानिस रहेका छन् । फिफको धेरै शक्तिशाली अङ्ग हो फिफा कंग्रेस, जुन एउटा सभा हो, हरेक संघको एक प्रतिनिधीको सदस्यताबाट बनेको छ । यस संघको कंग्रेसले प्रति वर्ष एउटा सभाको आयोजन गर्छ, र १९९८ देखि यसले एउटा अर्को सभा प्रति वर्ष गर्दै आएको छ । कंग्रेसले मात्र फिफाको नियममा परिवर्तन गर्ने अधिकार राख्दछ ।

Read article
चित्र:FIFA_Logo_(2010).svgचित्र:World_Map_FIFA.svg