From Wikipedia, the free encyclopedia
हिरोहितो (裕仁 ) [çiɽoꜜçito] (२९ अप्रिल १९०१ – ७ जनवरी १९८९) पारम्परिक क्रम अनुसार जापानका १२४ औँ सम्राट हुन । उनलाई मरणोपरान्त सम्राट शोवा वा शोवा सम्राट (昭和天皇 Shōwa tennō ) भनियो । उनले जापानमा २५ डिसेम्बर १९२६ देखि मृत्यु (१९८९ ) सम्म राज्य गरे । हाल उनलाई जापान बाहिर विश्वमा उनको वास्तविक नाम हिरोहितोबाट चिनिने भए पनि जापानमा उनलाई मरणोपरान्त नाम सम्राट शोवा भनेर चिनिन्छ । शोवा शब्द सम्राट हिरोहितो शासनकालको युगको नाम हो जुनबाट उनको मृत्यू पश्चात उनैको नामाकरण गरियो ।[1]
हिरोहितो / सम्राट शोवा 裕仁 / 昭和天皇 | |
---|---|
जापानका सम्राट | |
शासनकाल | २५ डिसेम्बर १९२६ – ७ जनवरी १९८९ (६२ वर्ष, १३ दिन) |
पूर्वाधिकारी | ताइसो |
उत्तराधिकारी | अकिहितो |
प्रधानमन्त्रीहरू | See list
|
जन्म | आओयाम दरवार, टोकियो | अप्रिल २९, १९०१
मृत्यु | जनवरी ७, १९८९ ८७) फुकिआज दरवार, टोकियो | (उमेर
Burial | हाचियोजी, टोकियो, जापान |
जीवनसाथी | कोजुन |
सन्तान | Shigeko, Princess Teru Sachiko, Princess Hisa Kazuko, Princess Taka Atsuko, Princess Yori Akihito, Prince Tsugu (The Crown Prince) Masahito, Prince Yoshi (The Prince Hitachi) Takako, Princess Suga |
घराना | Imperial House of Japan |
बाबु | ताइसो |
आमा | तेइमेइ |
धर्म | Shinto |
पेशा | Marine biologist |
उनको शासनकालको शुरूवातमा नै जापान विश्वका शक्तिशाली राष्ट्र मध्य एक थियो । यस समयमा जापान इटाली पछिको नवौ ठुलो अर्थतन्त्र र विश्वको तेस्रो ठुलो नौसेना भएको राष्ट्र तथा लिग अफ नेशनको परिषदका पाँच स्थायी सदस्यहरू मध्य एक थियो । हिरोहितो जापानको शाही बिस्तार, सैन्यिकरण र दोस्रो विश्वयुद्धमा सहभागिताको बेलामा जापानको संविधानको सिमा मातहत राष्ट्र प्रमूख थिए । विश्वयुद्ध पछि अरु राष्ट्रका नेतृत्व गर्ने व्यक्तिहरूलाई झै युद्ध अपराधको आरोप लागेन । युद्ध पश्चातको समयको क्रममा उनी नयाँ राज्यको प्रतिकको रूपमा चिनिए ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.