ॐ को प्रयोग अवेस्ता मज्दा मा निस्चित रुपमा थिओ From Wikipedia, the free encyclopedia
हुन त, ब्रह्मको कुनै नाम छैन तर पछि मानिसहरूले त्यसलाई जुन नाम दिने प्रयास गरे त्यसमा सबैभन्दा उचित यही ॐ हो ।
भर्तृहरिका अनुसार एकाग्रचित्त भइ घोरिएका परमेष्ठि ब्रह्माजीको हृदयाकाशबाट कण्ठ तालु आदि कहीं पनि संघर्ष नभएको एक अत्यन्त विलक्षण अनाहत नाद प्रकट भयो । त्यही अनाहत नादबाट अ, उ, म् यी तीन मात्राहरूले युक्त ओम् प्रकट भयो । यस शक्तिले नै प्रकृति अव्यक्तबाट व्यक्त रूपमा परिणत भयो । ओंकार स्वयं अव्यक्त अनादि हो । परमात्मस्वरुप भएकोले स्वयं प्रकाश हो ।
ओंकार शब्दद्वारा परमात्माका स्वरूपको बोध हुन्छ । श्रवणेन्द्रिय शक्ति लुप्त भएको अवस्थामा पनि ओंकर शब्द भित्र ध्वनित हुन्छ । अ, उ, र म् यी तीन वर्णले सत्व, रज र तम तीन गुण, ऋक्, यजु, साम तीन वेद, भूः, भुवः, स्वः तीन व्याहृति, जाग्रत, स्वप्न, सुषुप्ति तीन वृत्तिको भाव धारण गर्दछन् । ओंकारबाट नै ब्रह्माजीले अ देखि औसम्मका स्वर र क देखि ह सम्मका व्यंजन, ह्रस्व, दीर्घ आदिले युक्त वर्णमाला बनाए । जसबाट चार वेदहरु प्रकट भए । यसरी सम्पूर्ण वेद ॐको विस्तार मात्र हो ।
माण्डूक्य उपनिषद लगायत अनेक ग्रन्थमा ॐकारको व्याख्या छ । अ, उ , र म् (अव्, ऊठ्, मन् र गुण) मिलेर ॐ बनेको छ । जसले उत्पत्ति, स्थिति, र लयलाई व्यक्त गर्छ । अकारलाई सृष्टिकर्ता (Generator) ब्रह्माको प्रतीक, उकारलाई संचालक (Operator) विष्णुको प्रतीक तथा मकारलाई संहारकर्ता (Destroyer) शिवको प्रतीक मानिन्छ । त्यसैले अ, उ, म् अलग अलग पनि परमात्माको स्वरुप हो र संयुक्त ओंकार रूपमा परब्रह्म परमात्मा (GOD) को प्रतीक पनि हो । छान्दोग्य उपनिषद् का अनुसार, सम्पूर्ण चराचरजगतको सार पृथ्वी, पृथ्वीको सार जल, जलको सार अन्न, अन्नको सार मानव देह, मानव देहको सार वाणी, वाणीको सार ऋग्वेद, ऋग्ववेदको सार सामवेद र सामवेदको सार उद्गीथ (ॐ) हो ।
परमात्मा सृष्टि, स्थिति, र प्रलय तीनवटै पनि हो र तीनवटैभन्दा अतीत पनि हो । ऊ भुत, वर्तमान, र भविष्य तीनकाल पनि हो र कालातीत पनि हो । आत्माका तीन भेद विश्व (स्थूलस्वरुप), तेजस (प्रकाशस्वरुप), र प्राज्ञ (चेतनस्वरुप) लाई तीन चरण वा पाउ वा अवस्थाहरु मानिएको छ । आत्मा जाग्रत, स्वप्न, र सुषुप्ति तीनवटै अवस्थाको अनुसन्धानकर्ता र अनुभवकर्ता हुन्छ । यसैकुरालाई माण्डूक्य उपनिषदमा परमात्माको चौथो अवस्था भनी व्याख्या गरिएको छ ।[1]
ॐकार यस्तो शब्द हो जसको कुनै न कुनै रूपमा सबै धर्म सम्प्रदायहरूमा प्रयोग भएको छ । बौद्ध, जैन, सिख लगायत अनेक सम्प्रदायहरूमा यस शब्दलाई अवतार पुरुषहरूले उच्च सम्मान दिएका छन् । गुरु नानकले त इक ओमकार सतिनाम भनेर यसलाई मूल मन्त्रको रूपमा यसको महत्त्व बयान गरेका छन् । यसलाई देवनागरीमा, गुरमुखीमा, तिब्बतीमा, चीनीयां भाषामा, बाली भाषामा सङ्केत लेख्ने गरिन्छ । ॐकार शब्द नभएर चिन्ह हो । स्वस्तिक र ॐकारलाई एक अर्काको पर्यायवाची पवित्र चिन्ह मानिन्छ भने क्रस चिन्ह र स्वस्तिक चिन्हको उत्पत्ति आधार ॐ हो भन्ने खप्तड बाबाको विचार छ ।[2] आर्य समाजीहरूले ओ३म् लेख्ने गर्दछन् । जैन धर्ममा ओम् (AAUM) ले अरिहन्त, आश्री, आचार्य, उपाध्याय र मुनिको संयुक्त स्वरूपलाई जनाउंछ । बौद्ध धर्मको विद्यासदाक्षरी मन्त्र ओम् मणि पद्मे हुं लगायत अन्य अनेक महत्त्वपूर्ण मन्त्रहरूमा यसको प्रयोग गरिन्छ ।[3]
अ, उ, र म लाई पूर्ण शक्ति लगाएर अलग अलग उच्चारण गर्दा नाभि, छाति र सिरमा अलग अलग अनुकम्पन अनुभव गर्न सकिन्छ । तीनवटैको समवेत स्वरलाई नादब्रह्म भनिन्छ । यो मात्र एक यस्तो अनौठो शब्द हो जसलाई उच्चारण गर्दा जिब्रो चलाउनु पर्दैन । जिब्रोल कहीं नछोइ उच्चारण गर्न सकिन्छ । आचार्य रजनीशका अनुसार, सृष्टिको आदि अवस्थाका बारेमा अध्ययन गर्दा वैज्ञानिकहरु त्यसबेलाको कल्पना गर्दछन् जब पृथ्वी एकदम सुनसान थियो । ब्रह्माण्डका तारा र नक्षत्र बाहेक पृथ्वीलाई हेर्ने कोही थिएन । त्यस निरपेक्ष सुनसानमा पृथ्वीमा ध्वनि थियो । यस शब्दको आधार शंखभित्रको त्यस ध्वनिलाई मानिन्छ जसमा समुद्र लहराइरहेको सुनसान निस्तब्ध संसारको झलक पाइन्छ । त्यस भित्र पनि एक प्रकारको ध्वनि पाइन्छ जुन ओंकार नादसँग मिल्छ । प्राचीन शास्त्रहरूमा र वैदिक मन्त्रहरूमा ॐकार महत्त्वपूर्ण मानिएको छ । ओंकारलाई मन्त्रहरूको सेतु भनिएको छ । यो एकाक्षर मन्त्र हो तथा गम्भीर भाव र अर्थले भरिएको छ । परब्रह्मको प्रतीक हुनाले ब्रह्मको स्वरुप हो । प्रतीक भनेको कुनै वस्तु वा पदार्थको चित्र वा प्रतिमा हो । ब्रह्म सामान्य मनुष्यहरूको लक्ष्यमा आउन कठिन छ । त्यसलाई छोटकरीमा लक्ष्य गराउने एकाक्षर मन्त्र ॐ कार हो । यसैलाई बुझाउन स्वस्तिक आदि चिन्हहरूको आविष्कार गरिएका छन् । मन्तव्य वा विचारलाई मन्त्र भनिन्छ । ओंकार नै वास्तविक विचार गर्न योग्य वा बुझ्न योग्य छ । सब मन्त्रहरूमा ओंकारलाई पहिले लगाउनाले अर्थ भाव चमत्कारी हुन्छन् । खप्तडबाबाका अनुसार ओंमय ब्रह्माण्डको अधिष्ठान समेत ॐ हो । ब्रह्माण्डका व्यक्तिहरूको पृथक पृथक भाव भावको अन्तिम गति परब्रह्म हो । त्यसकारण त्यस परब्रह्मको ध्यान गर्दै अन्य मन्त्रहरूको भावार्थ सिद्ध गर्नु पर्छ । यस उच्च आशयद्वारा नै सब मन्त्रहरूको जप गर्नाले ॐकारको जुन आत्मा स्वरुप हो त्यसका संस्कारहरूलाई दृढ गर्दै लैजान्छ । ॐ एकाक्षर मन्त्र भए तापनि वर्णातीत र शब्दातीत भनिन्छ । एकाक्षर मन्त्रको सूक्ष्म अर्थ हो नाश नहुने यस्तो जो एक अद्वितीय ब्रह्म हो । त्यहीनै एकाक्षर ब्रह्म हो ।[4]
माण्डूक्य आदि उपनिषदहरूले ॐकारमा चार पाद पहिल्याएका छन् । ॐकारको वर्णाकृति जो शास्त्रहरूमा देखिएको छ, त्यसमा पाद वा मात्राहरु को भाव यस प्रकार छ – देब्रेतिरबाट जुन अर्धचन्द्राकार छ, त्यो अकार हो त्यसको तलतिर जो यस्तै नै दोस्रो अर्ध चन्द्राकार जुन प्रथमसँग मिलेको उकार हो र बीचबाट जोडिएको अगाडि जुन किन्दु छ, त्यो मकार स्वरुप हो । अकार सहित उकार हो र बीचबाट जोडिएको अगाडि जुन बिन्दु छ त्यो मकार स्वरुप हो । अकार सहित उकार हो र उकार सहित मकार हो । अकार, उकार, र म कार तीनवटै ध्वनि जोडिंदा ॐकार बन्छ । म को नाके स्वर हुंदै मधुरो हुंदै गएको ध्वनिलाई चौथो पाउ मानिएको छ । जे मा व्यष्टि र समष्टि भ्रान्तिले प्रतीत हुन्छन् त्यही ॐ हो । यसलाई प्रणव पनि भनदछन् । नम्रता साथ जसको स्तुति गरिन्छ जसले अथवा भक्तद्वारा जसको उत्तमता साथ स्तुति गरिन्छ त्यो प्रणव हो । यो ॐ नै हो । ॐ र प्रणवमा थोरै अन्र छ त्यो के हो भने प्रणव ध्यानस्वरुप हो भने ॐ नादस्वरुप हो । वर्ण र शब्द मायाका संज्ञा हुन् । तिनीहरु लक्ष्यको लागि मायामा छन् । तापनि अधिष्ठान स्वरुप मायातीत छन् । नाम नहुने यस्तो एक नै परब्रह्म एकाक्षर ॐ हो ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.