हीरादेवी वाइबा सन् १९७०को दशककी चर्चित पूर्वेली ठेट लोकगायिका हुन्। उनी दार्जिलिङकी हुन्। खर्साङको अम्बोटियाको संगीतकार परिवारकी सदस्य उनले भारतमा नेपाली गीतमा उचाइ हासिल गरेकी थिइन। उनले ४० वर्षको गायन अवधिमा करिब ३ सय गीत गाएकी थिइन।

हीरादेवी वाइबा

गायन

उनको गायनको सुरुवात खर्साङमा सन् १९६६मा रेडियो नेपालका लागि दुई गीत गाएर भएको थियो। खर्साङस्थित अल इन्डिया रेडियोमा उनले सन् १९६३ देखि सन् १९६५ सम्म उद्घोषकका रूपमा काम गरेकी थिइन। 'फरिया ल्याइदेछन् त्यही पनि राता .....' बोलको गीत उनको निकै चर्चित छ। उनले दर्जनौं गीत रेकर्ड गराएकी छन्। त्यसबाहेक दर्जनौं तामाङ सेलो गीत पनि उनका परिचयका रूपमा लोकप्रिय छन्। रेडियो नेपालमा पनि उनले धेरै गीत गाएकी छन्।[1]

उनी अल इन्डिया रेडियोकी एक मात्र पहिलो ग्रेडकी नेपाली गायिका भएकी थिइन।

उनको तस्बिर अङ्कित दुई गीति एल्बम भारतको विख्यात कम्पनी एचएमभी, कोलकाताबाट सन् १९७४ र सन् १९७८मा निस्केका थिए।

पुरस्कार

गायनकै लागि उनी भारतनेपालका विभिन्न पुरस्कारबाट पुरस्कृत भएकी थिइन। उनले नेपाली एकेडेमी, दार्जिलिङबाट सन् १९८६मा मित्रसेन पुरस्कार, गोर्खा शहिद सेवा समिति लाई फटाइम एचिभमेन्ट अवार्ड, सिक्किम सरकारबाट सन् १९९६मा मित्रसेन स्मृति पुरस्कार पाएकी थिइन।

उनले 'वर दौडी जाँदा, पर दौडी जाँदा केको रङ्ग लाग्यो मलाई ....' लोकगितका लागि सन् २००१को दार्जिलिङ गोरखा पार्वत्य परिषद् (दागोपाप)बाट अगमसिंह पुरस्कार पाएकी थिइन्। यी दुवै गीत सन् १९६६ तिरका हुन्।

उनलाई २०६६ सालमा ५१ हजार नेपाली रूपैयाँको मधुरिमा फूलकुमारी महतो सम्मान, नेपालबाट सम्मानित गरिएको थियो। उनले नेपालकै साधना सम्मान पनि पाएकी थिइन।

बसोबास

दशक अघिदेखि उनी भारतको दार्जिलिङ छोडेर सिलगुढीनजिककदमतालास्थित भानु नगरमा बस्दै आएकी थिइन्।

सन् २००८मा उनले आफ्नै घरमा पिताका नाममा एसएस वाइबा इन्टरनेसनल म्युजिक एन्ड डान्स एकेडेमी खोलेकी थिइन। उनका एक छोरा र एक छोरी छन्।

निधन

बाहिरी लिङ्कहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.