नेपालको देवान (प्रधानमन्त्री) From Wikipedia, the free encyclopedia
स्वरुप सिंह कार्की नेपालको १८औं शताब्दीका मूलकाजी थिए । [1] उनको सल्लाह बमोजिम राजा प्रतापसिंह शाहले जग्गाको ४ विभाजन अब्बल, दोयम, सिम र चाहारमा गरेका थिए ।[2] यिनलाई पृथ्वीनारायण शाहले प्रतापसिंहको रक्षक नियुक्त गरेका थिए । उनी प्रतापसिंह शाहको पालामा देवानकाजी नियुक्त भएका थिए । उनलाई काजी अभिमान सिंह बस्नेतसँगै लिम्बुवानमाथिको युद्धमा पठाइएको थियो । उनी कार्की (मुडुला कार्की) परिवारका एकमात्र मूलकाजी हुन् । यिनले अभिमान सिंह बस्नेतसँगै तनहुँ राज्यको कविलासगढी (हाल चितवन)को कब्जा गरेका थिए । यिनका भाइ रुपनारायण कार्की ल्हासाको लागि नेपाली वकिल(राजदूत) थिए । बहादुर शाहको फिर्ती सवारी हुँदा यिनी ज्यान जोगाउन भारत पसे ।[3]
मूलकाजी स्वरुप सिंह कार्की | |
---|---|
नेपालको मूलकाजी | |
व्यक्तिगत विवरण | |
नाता | वकिल रुपनारायण कार्की |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.