सुँगुरको मासु
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
सुँगुर वा बङ्गुर (Sus domesticus) को मासुलाइ फाक्सा पनि भनिन्छ। ई.पू. ५,००० देखि नै सुँगुर पालन गरिएको प्रमाण भेटिएका छन्।[1] यो विश्वभर सबैभन्दा धेरै खपत हुने मासु हो।[स्रोत नखुलेको] सुँगुर दुवै ताजा पकाएको र प्रक्रियागत तरिकाले प्रसोधन गरी खाइन्छ। विशेष प्रशोधन प्रक्रिया वा क्योरिङ (Curing) गरिएका उत्पादनहरु लामो समयसम्म बिग्रिदैनन । ह्याम, सुकुटी, लगायत बेकन र ससेज संरक्षित पोर्क को उदाहरण हुन्।
सुँगुरको मासु पूर्व र दक्षिण पूर्व एसियामा सबैभन्दा लोकप्रिय छ[स्रोत नखुलेको], र पश्चिमी मुलुकहरूमा पनि धेरै खाइन्छ। अत्यधिक बोसो र नरम बनावटका लागि एसियाली परिकारहरूमा यसलाई धेरै महत्त्व दिइन्छ। यहूदी धर्म, इस्लामको धर्म साथै केही मसीही संप्रदायले सुँगुरको मासु सेवनमा परेज गर्छन । सुँगुरको मासुको बिक्री विशेष मुसलमान देशहरूमा संविधानमै व्यवस्था गरी अवैध छ भने एक मात्र यहूदी बहुमत भएको देश इजरायलमा प्राय प्रतिबन्धित छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.