From Wikipedia, the free encyclopedia
सिरिङ्गे (वैज्ञानिक नाम : Osmanthus fragrans ), जसलाई अंग्रेजीमा विभिन्न नाम जस्तै sweet osmanthus, sweet olive, tea olive र fragrant olive ले चिनिन्छ, एक बुट्यान वर्गमा पर्ने वनस्पति हो। यो प्राय हिमाली भेग देखि दक्षिण र पूर्वी एशियामा रैथाने रुपमा पाइन्छ। यो नेपाल र उत्तरी भारत, पुर्व एसियामा चीनको गुइझोउ, सिचुआन र युन्नान प्रान्त लगायत ताइवान, जापान, कोरिया देखि दक्षिणमा कम्बोडिया र भिएतनाम सम्म पाइन्छ। [3] [4] [5] [6]
सिरिङ्गे | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
Unrecognized taxon (fix): | Osmanthus |
प्रजाति: | Template:Taxonomy/OsmanthusO. fragrans |
वैज्ञानिक नाम | |
Template:Taxonomy/OsmanthusOsmanthus fragrans Lour. | |
पर्याय[1][2] | |
|
यो एक सदाबहार बुट्यान वा सानो रूख हो जुन ३–१२ मी (९.८–३९.४ फिट) सम्मको अग्लो हुन्छ । यसका पातहरू ७–१५ सेमी (२.८–५.९ इन्च) लामो र २.६–५ सेमी (१.०–२.० इन्च) फराकिला र छेउमा सिधा वा मसिना दाँत भएका हुन्छन् । यसका अति सुगन्धित फूल सेतो, फिक्का पहेंलो, पहेंलो, वा सुन्तला-पहेंलो रंगमा पाइन्छ र यी साना, लगभग १ सेमी (०.३९ इन्च) लामो हुन्छन् र यो प्राय शरद ऋतुमा फुल्दछ। [3] [4] [7] [8]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.