नेपालको इतिहास र संस्कृतविद्याको खोजी गर्ने संस्था From Wikipedia, the free encyclopedia
संशोधन मण्डल विद्वान नयराज पन्तले स्थापना गरेको संस्था हो । इतिहासका त्रुटि र कमीकमजोरीलाई तर्कपूर्ण व्याख्यासहित सच्याउने कामका लागि यसको स्थापना वि.सं. २००९ साल असोज ५ गते भएको हो ।
चित्र:Saṃśodhana Maṇḍala.png | |
गठन | २० सेप्टेम्बर १९५२ |
---|---|
संस्थापक | नयराज पन्त |
प्रकार | Non-governmental academic organisation |
लक्ष्य | Research Institute for Nepalese and Sanskrit Studies |
प्रधान कार्यालय | Dallu Awas Marga, Kathmandu, Nepal |
निर्देशाङ्कहरू | २७°४२′३१.२२″उ॰ ८५°१७′४६.७६″पू॰ |
उत्पादनहरू | पूर्णिमा पत्रिका |
आधिकारिक भाषा | नेपाल |
पुरस्कार(हरू) | जगदम्बाश्री पुरस्कार |
संशोधन मण्डलले पूर्णिमा लगायत केही कृतिहरू पनि प्रकाशन गरेको छ ।[1] त्यसमध्ये इतिहास संशोधनको प्रमाण प्रमेय पहिलो भाग एक हो ।
वि.सं. २००९ सालमा सुरु गर्दा मण्डलमा २१ जना विद्वान् थिए । पहिलोपल्ट यो मण्डलबाट इतिहासकार बालचन्द्र शर्माले वि.सं. २००८ सालमा छापेको नेपालको ऐतिहासिक रूपरेखामा भएका त्रुटिलाई उठाएको थियो । पछि इतिहास संशोधन, अभिलेख सङ्ग्रह, सावधान पत्र, व्याकरण संशोधन, पञ्चाङ्ग संशोधन लगायत पत्रिका/जर्नल प्रकाशित भए । वि.सं. २०२१ साल वैशाखदेखि 'पूर्णिमा' त्रैमासिक १ सय ३५ अङ्क प्रकाशित भए ।
नयराजको वि.सं. २०५९ कार्तकमा निधन भएपछि उनका दुई पुत्र दिनेशराज र महेशराज पन्तले यो अभियानलाई निरन्तरता दिएका छन् ।
छ दशकभन्दा बढी समयदेखि नेपाली इतिहास र संस्कृतिका अतिरिक्त ज्योतिष, गणित, व्याकरण र साहित्यका फाँटमा गुरुकुलीय सङ्गठित र संस्थागत प्रयासबाट प्रामाणिक अनुसन्धान गरी तिनको प्रकाशन तथार प्रचारका लागि 'पूर्णिमा'को निरन्तर प्रकाशन गरेर नेपाली वाङ्मयको सेवा र श्रीवृद्धिमा निरन्तर रूपले उल्लेखनीय योगदान गरिरहे बापत् यो संस्थाले वि.सं. २०६८ सालको जगदम्बाश्री पुरस्कार पायो।[2] नयराजको सुरू गरेर फेला पारेका संशोधनको आधार र मानकमा नयराजले लेखेको लिच्छविसंवतको निर्णयले वि.सं. २०४३ सालको मदन पुरस्कार पाइसकेको छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.