शेरा दरबार

From Wikipedia, the free encyclopedia

Remove ads

शेरा दरबार नुवाकोट मा रहेको नेपाल एकीकरणकालीन दरबार हो। यो दरबारको निर्माण पृथ्वीनारायण शाहद्वारा शीत दरबारको रूपमा वि.सं. १८२२ मा गरिएको थियो।[] पृथ्वीनारायण शाहको शासनकालमा नुवाकोटमा दुई दरबार निर्माण भएको थियो। साततले दरबारलाई ग्रीष्मकालीन दरबारका रूपमा उपयोग गरिएको थियो। नुवाकोटको शेराबेँसीमा रहेको यो दरबार वर्तमान समयमा भग्न अवस्थामा रहेको छ। पृथ्वीनारायण शाह जाडो महिनामा नुवाकोट डाँडामा रहेको दरबार र गर्मी महिनामा तादी किनारमा रहेको शेराबेँसी दरबारमा बस्ने गर्दथे। काशीनाथ तमोटले अनुमान गरेजस्तै पृथ्वीनारायण शाहले ‘दिव्योपदेश’ दिएको ऐतिहासिक स्थल यही शेराबेँसीको दरबार नै हो भन्ने अनुमान गर्न सकिन्छ।[]

छरितो तथ्यहरू शेरा दरबार, सामान्य विवरण ...
Remove ads
Remove ads

वि.सं. १८३१-२००७

नेपाल –तिब्बत /चीन युद्ध मा नेपालीहरूले अकल्पनीय पराजय बेहोर्नु परेको कारण बहादुर शाहले बहादुर शाहले अंग्रेजसंग सहायता लिने निर्णय गरी ई. १७९२ मा अंग्रेजसंग एउटा वाणिज्य सन्धि गरे ।[] [] कर्क प्याट्रिक नुवाकोटको भ्रमणमा जाँदा समेत बहादुर शाहसँग यसै दरबारमा भेट गरेका थिए।[] वि.सं. १८९७-९८ तिर तत्कालीन राजा राजेन्द्र तथा रानी साम्राज्य लक्ष्मी नुवाकोटमा भ्रमणमा जाँदा पनि यसै दरबारमा बसेका थिए।

राणाशासन

वि.सं. १९०३ मा यो शेराबेँसी दरबार भत्कियो र दरबार भत्किएपछि भग्नावशेषमा परिणत भएको हो। त्यसको धेरै वर्षपछि जुद्धशम्शेर नुवाकोट भ्रमणमा जाँदा उनले भग्नावशेष दरबार बारेमा बुझ्न खोजेका थिए। जुद्ध शमशेरले राजा पृथ्वीनारायण शाहको ग्रीष्म कालीन दरबारको भग्नावशेष हो भनेर जानकारी पाएपछि तत्कालै पुरानो दरबार जस्तै दरबार बनाउनु भनेर आदेश दिएका थिए।[]तर त्यसबेला पुरानो दरबार देख्ने कोही नभेटेको र पुरानो दरबारको कुनै चित्र पनि नभएकोले शेराफाँटको भव्यता तथा दरबार परिसरबाट मोहित भएका जुद्ध शमशेर महाराजले आफ्नै अनुमानमा दरबार बनाएका थिए।[]

तर दरबार बनाउदा सोही पुरानो दरबारको भग्नावशेषमा रहेको इँटाहरूको उपयोग गरिएको थियो। दरबार तयार भएपछि यस दरबारको नाम शेरा दरबार भनेर राखियो।[]

Remove ads

२००७ -हालसम्म

अधिराजकुमार वसुन्धराकी श्रीमती हेलेन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको शेरा दरबार र त्यसले चर्चेको जग्गा २०२१ मा हदबन्दी कानुन लागू भएपछि सरकारका नाममा सर्नुपर्ने थियो । तर, उक्त जग्गा व्यक्तिकै नाममा जोगाउन २०२७ मा गौरीशंकर फार्मिङ स्थापना गरी कम्पनीका नाममा राखिएको थियो । गौरीशंकर फार्मिङका सञ्चालक र सेयरधनी हेलेन र विजयालक्ष्मी शाह दुवै थिए । गौरीशंकर फार्मिङको नाम २०३६ मा अन्नपूर्ण फार्मिङमा परिवर्तन गरिएको थियो ।[]

माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला १२ पुस २०५९ पृथ्वीनारायण शाहले शीतकालीन दरबारको रुपमा प्रयोग गरेको भवनमा माओवादी कार्यकर्ताहरुले आगो लगाए र केही संरचना भत्काए ।

Remove ads

संरचना

पर्खाल

ईन्द्रजात्राको गुठी राखी कुद्न लाएको शिलालेखमा दरबारको चारैतिर पर्खालाले घेरेको वर्णन छ । अहिले पर्खाल्को अवशेष केही अंशमा मात्र कायम छ ।

ढोका

पुरानो द्वारको अवशेष अहिले सम्म एक ठाउँमा मात्र भेटिएको छ । तादीको किनारपट्टिको दक्षिण द्वार मात्र भेटिएको छ । यो ढोका काठमाडौं तिर आवत जावत  गर्ने "मूल ढोका" को रुपमा बुझिन्छ । यहाँ ढुङ्गे सिंढी अहिले बाँकी नै छ । काठमाडौं बाट हनुमानढोका कहिल चोककी भगवती ल्याएर पहिले यहाँ राखिन्थ्यो । तर यहाँको पाटी भात्केको हुँदा पश्चिमतिरको ढोका (जुद्ध शमशेरको समयमा निर्मित) निर भगवतीको खट राख्ने गरिएको छ ।


इनार

दक्षिण ढोकाबाट भित्र पसेपछि पूर्वपट्टि इनार रहेको थियो । पुरानो सो इनारको स्वरुपा परिवरतन गरी "ट्युबवेल्" हालिएको हुँदा माथिल्लो भागले पुरानो इनारको प्रतीनिधित्व गर्दैन । इनारमा प्रयोग गरिएका इँटहरू तीनकुने आकारका, आधा भाग मात्र पोलिएका विशेष खालका छन् । पानी छान्ने कृया होस् भनेर इँट आधा मात्र पोलिएका हुन् ।

देव स्थल

बन्दीखाना

कमलपोखरी

रङ्ग बैठक

सन्दर्भ सामग्रीहरू

Loading content...
Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads