विलासपुर मन्दिर

From Wikipedia, the free encyclopedia

विलासपुर मन्दिर
Remove ads

विलासपुर भैरव मन्दिर दैलेख जिल्लाको एक प्रसिद्व मन्दिर हो। यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका अन्तरगत पर्ने विलासपुर डाँडामा अवस्थित छ। यस मन्दिरको अर्को नाम विलासपुर बटुक भैरव पनि भनिन्छ। बाइसे राज्य कालका खस राजा विलासपुरे राजाहरूले कुल देवताको रूपमा पूजा गर्ने प्रचलनमा ल्याएको यो मन्दिरको निकै महत्त्व मानिन्छ।

छरितो तथ्यहरू विलासपुर मन्दिर, प्राथमिक विवरण ...
Remove ads

मन्दिरको स्थापना

विलासपुर मन्दिरको स्थापनाको बारेमा अहिले सम्म कुनै ठोस प्रमाण उपलब्ध हुन सकेको छैन। तर पनि स्थानिय जन श्रुती अनुसार यस मन्दिरको स्थापनाको बारेमा फरक फरक मत पाइएको छ।

  1. विलासपुर राज्यका प्रथम नायक श्री वर्माले विलासपुर राज दरबार नजिकै वि. सं. १४७५ मा आफ्नो कुल देवताको रूपमा भैरवको अमूर्त आकृती सहित प्रस्तरको बटुक भैरव स्थापना गरेर पूजा गर्न सुरुवात गरेका थिए।
  2. विलासपुर राज्यका अन्तिम राजा कर्ण शाहीकी रानीले आफ्नो माइती जुम्लाको सिंजाबाट ढलौटको भैरव मूर्ति ल्याएर यहाँ स्थापना गरेर पूजा गर्ने सुरुवात गरेकी थिइन्। [] मन्दिर नजिकै रहेको विलासपुर दरबारको भग्नावशेषहरू यत्र तत्र छरिएर रहेका आज पनि देखिन्छन्। विलासपुरे राजाले आफ्नो प्रभाव कायम राख्नको लागि दैवी शक्तिको उपासनाको आवश्यकता बमोजिम श्री वर्माले दरबार नजिकै मन्दिर स्थापना गरेर पूजाको सुरु गरेका र पछि गएर उनका सन्तान दरसन्तानले आफ्नो कुल देवताको रूपमा पूजा गर्दै गएको प्रसङ्ग सान्दर्भिक नै देखिन्छ। वर्तमान मन्दिरको निर्माण भने वि. सं. २०३८ सालमा प्रधान पञ्च श्री बखत बहादुर मल्ल द्वारा गरिएको हो । यसै तर्कको आधारमा यो मन्दिरको स्थापना पनि बेलासपुर राज्यको स्थापना अर्थात वि. सं. १४७५ को आसपासमा भएको मान्न सकिन्छ। हाल यो मन्दिरमा मन्दिरको प्राचिनतालाई चिनाउने कुनै अवशेषहरू बाँकी रहेका छैनन्।यहाँ रहेको सुनको छाता ओढाएको वटुक भैरवको मूर्ति र परम्परादेखी मन्दिरमा पूजा गरिदै आएको खड्क वि. सं. २०४४ मा हराएको थियो र आज सम्म पत्ता लागेको छैन। हाल मन्दिर भित्र पूजाको लागि नयाँ मूर्ति स्थापना गरिएको छ।
Remove ads

मुख्य पूजा

मन्दिरमा प्रत्यक शनिबार र मङ्गलबारका दिन बोका र कुखुराको बलि सहित पूजा गर्ने प्रचलन रहेको छ। बडा दशैंको नवरात्रभर विशेष पूजा र अनुष्ठान गरिने भएकोले नवरात्रीको अष्टमी, नवमी र दशमीको दिन भक्तहरूको ठुलो घुईंचो लाग्ने गर्दछ। श्रद्धा पूर्व क पूजा अर्चना गर्नाले भक्तहरूको मनोकाङ्क्षा पूर्ण हुन्छ भन्ने विश्वास बोकेर दैलेख लगायत छिमेकी जिल्ला कालिकोट, जाजरकोट, अछाम लगायत विभिन्न जिल्लाबाट आउने भक्तजनहरूको ओइरो लाग्दछ।

Remove ads

मन्दिरको संरक्षण

Thumb
विलासपुर मन्दिरको प्रवेश द्वार

विलासपुर राज्यका अन्तिम राजा कर्ण शाहीका सन्तति स्थानिय निवासी भुपेन्द्र शाहीको अध्यक्षतामा विलासपुर मन्दिर क्षेत्र संरक्षण प्रवर्द्धन एवं व्यवस्थापन समिति गठन गरिएको छ। उक्त समितिले वि. सं. २०६६ सालमा नारायण नगरपालिकाको अनुदान र स्थानिय जनश्रमदान गरेर ३२६ वटा खुडकिला भएको बाटो र प्रवेश द्वार निर्माण गरेको छ।

हेर्नुहोस्

सन्दर्भ सूची

Loading content...

बाहिरी लिङ्कहरु

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads